महिला भलिबल टोलीले थाइल्याण्डमा आज तेस्रो मैत्रीपूर्ण खेल खेल्दै

प्रकाशित मिति:

काठमाडौँ –आसन्न दक्षिण एशियाली खेलकुद ९साग० र बंगलादेशमा हुने एशियन सेन्ट्रल जोन महिला भलिबल प्रतियोगिताको लागि अन्तर्राष्ट्रिय प्रशिक्षणमा रहेको नेपाली महिला भलिबल टोलीले आज तेस्रो मैत्रीपूर्ण खेल खेल्दैछ ।थाइल्याण्डमा रहेको महिला टोलीले थाइल्याण्डको यू–२३ टिमसँग प्रतिस्पर्धा गर्न लागेको हो । यसअघि खेलका दुबै खेलमा जित निकालेको नेपाली महिला टिमले आज थाइल्याण्डको युथ टिमसँग साँझ चार बजे खेल्दैछ ।नेपालले यसअघि युनिभर्सिटी टिमसँग र बैकक युनिभर्सिटी टिम विरुद्ध जित निकालेको थियो । थाइल्याण्डको क्लव स्तरमा टप टेनमा पर्ने टिमलाई नेपाली महिला टिमले पहिलो खेलमा २५–१५, २२–२५, २५–१६ र २५–१९ को सेटमा हरायो ।

यस्तै बैंकक युनिभर्सिटीको यू–२३ टिमलाई ३–१ को सेटमा हराएको हो । नेपालले युनिभर्सिटी टिमलाई २५(२१, २४(२६, २५(१६ र २५(१९ को सेटमा पराजित गरेको थियो ।थाइल्याण्डको मैत्रीपूर्ण खेल र प्रशिक्षणपछि नेपालले कात्तिक २२ देखि २७ गतेसम्म हुने एभिसी सेन्ट्रल जोन महिला भलिबल खेल्नेछ । जुन बंगलादेशमा हुनेछ ।यस्तै मंसिर १५ देखि २५ गतेसम्म घरेलु मैदानमा हुने सागमा प्रतिस्पर्धा गर्नेछ ।