व्यापारसम्बन्धी नेपाल–बंगलादेश प्राविधिक समितिको चौथो बैठक सुरु

५ कार्तिक २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
12 Shares


काठमाडौँ- दुई देशीय व्यापारसम्बन्धी नेपाल–बंगलादेश प्राविधिक समितिको चौथो बैठक काठमाडौंमा सुरु भएको छ ।काठमाडौंको होटल याक एण्ड यतीमा सोमबार बिहानबाट शुरु भएको बैठक मंगलबारसम्म चल्ने छ । बैठकमा नेपालको तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालको नेतृत्वमा १५ सदस्यीय टोली सहभागी छ ।यस्तै बंगलादेशको तर्फबाट बंगलादेशको वाणिज्य मन्त्रालयकी सहसचिव सरिफा खान नेतृत्वको सात सदस्यीय टोली सहभागी छ । दुई दिने बैठकमा नेपालले बंगलादेशसँग सात एजेण्डाका १४ बुँदामा छलफल गर्ने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव एवं प्रवक्ता दिनेश भट्टराईले जानकारी दिनुभयो ।

तेस्रो बैठकको प्रगति समिक्षा गर्दै नेपाल–बंगलादेश मालबाहक कार्गो सञ्चालनको मोडालिटीबारे छलफल गर्न नेपालले चाहेको छ । यस्तै ढाका–काठमाडौं बस सेवा सञ्चालनको विषय पनि बैठकमा उठ्ने छ ।कृषि विभाग, मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र बंगलादेशको समकक्षी विभागबीच खाद्य सुरक्षा र प्लान्ट क्वारेन्टाइनका सम्बन्धमा आपसी समझदारी गर्ने विषय पनि नेपालको छलफलको एजेण्डा हो ।बैठकमा बिराटनगर तथा भद्रपुरबाट सियादपुर र रंगपुरसँग हवाई सञ्जाल जोड्न सकिने सम्भावनाबारे पनि छलफल हुनेछ । दुई देशबीचको भिसा सहजीकरण र भन्सार नाकाको पूर्वाधार विकास पनि बैठकको एजेण्डा हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • काठमाडौं प्रेसको समाचार हटाईएको प्रति पत्रकार महासंघको आपत्ती
  • भ्रष्टाचारीलाई हिरा र सचेत जनतालाई गिद्द भन्नेको हिसाबकिताब राखीने नेविसंघ…
  • अति गरिव विपन्न राहत बाट नछुट्न आग्रह
  • लकडाउनमा मजदुरको कथा:घरसम्म जान पैदल यात्रा गर्न बाध्य
  • रुपन्देहीका कांग्रेस सांसदले मुख्यमन्त्रीलाई भने —‘बाबुरामको शव उठाउने वातावरण मिलाउनूस्’
  • बर्दघाट नगरपालिकाद्वारा वडा न १४ मा १ सय ४ घरपरिवारलाई…
  • छिमेकीले बाढें छिमेकीलाई राहत
  • मेयरले नै राहात कोषमा तवल जम्मा गरेपछि…….
  • उवासंघ नवलपरासीद्धारा सस्तो घुम्ती पसलबाट सेवा प्रदान
  • कोरोना संक्रमणबाट हामी नेपाली किन सुरक्षित छौं ? : डा.…