बचत र लगानीबीचको अन्तर घटाउन विदेशी पुँजी परिचालन जरुरीः अर्थमन्त्री खतिवडा

प्रकाशित मिति:

काठमाडौं – अर्थमन्त्री डा. युवराज खतिवडाले बचत र लगानीबीचको ठूलो अन्तर घटाउन विदेशी पुँजी परिचालन जरुरी भएको बताएका छन् । विश्व बैंक समूह तथा अन्तराष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक बैठकको दोस्रो दिन बोर्ड अफ गभर्नरको प्लेनरी सेसनमा सहभागी अर्थमन्त्री खतिवडाले यस्तो बताएका हुन् ।

नेपाली प्रतिनिधिमण्डको अन्तर्राष्ट्रिय वित्त निगमका एसिया प्रशान्त क्षेत्र हेर्ने उपाध्यक्ष लगायतका उच्च पदाधिकारीहरुसँग भएको भेटमा नेपालको अर्थतन्त्रको सम्भावनावारे चर्चा गर्दै उनले निगमले नेपालमा निजी क्षेत्र मार्फत जलविद्युत्का अतिरिक्त पर्यटन, कृषि, सहरी पूर्वाधार लगायतका क्षेत्रमा समेत लगानी गर्न आग्रह गरे । पूर्वाधार विकासको लागि मध्यम तथा दिर्घकालिन अवधिको वित्त परिचालन गर्ने विषयमा निगमको ध्यानाकर्षण उनले गराए । साथै बैंकको ट्रेजरी हेर्ने उपाध्यक्ष लगायतको उच्च पदाधिकारीसँगको भेटमा खतिवडाले नेपालको पुँजी बजार सानो भएकाले यसको दायरा फराकिलो बनाउन आवश्यक भएको विषयमा जोड दिए ।