‘ह्याप्पी तिहार, चिसो बियर’ गीत गाउने गायक दुर्गेश थापा पक्राउ

५ कार्तिक २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
80 Shares


काठमाडौं – प्रहरीले गायक दुर्गेश थापालाई पक्राउ गरेको छ । तिहारको छेको पारेर सार्वजनिक गीत ‘ह्याप्पी तिहार, चिसो बियर’ मा प्रयोग गरिएको शब्दका कारण विवादमा तानिएका उनीविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको थियो । सोही उजुरीपछि प्रशासनले महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुमा पत्राचार गरेसँगै उनलाई पक्राउ गरिएको महाशाखाका प्रमुख एसएसपी सहकुल कुमार थापाले रातोपाटीलाई जानकारी दिए । दुर्गेशलाई बालाजुबाट पक्राउ गरेर महाशाखाको ल्याइएको उनको भनाइ छ ।

दुर्गेशले सार्वजनिक गरेको ‘ह्याप्पी तिहार, चिसो वियर’मा ‘ए निकाल गाँजा, खानुपर्छ आज’ भन्ने जस्ता शब्द प्रयोग भएका छन् । उक्त गीत हटाउनुपर्ने माग गर्दै जिल्ला प्रशासनमा उजुरी परेको छ । केही अगाडि सार्वजनिक गीतले छिट्टै लोकप्रियता हासिल गरेपछि यसका केही शब्दहरुलाई लिएर आलोचनात्मक प्रतिक्रियाहरु आएपछि युट्यूवको कमेन्ट बक्स नै गायव पारिएको थियो । तीजको समय ‘बीच्च बीच्चमा’ बोलको गीत निकालेर चर्चामा आएका दुर्गेशको यो गीतबाट प्रदर्शनरत फिल्म ‘छ माया छपक्कै’ प्रमोशन गीत नै बनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • जर्मनीका प्रान्तीय अर्थमन्त्रीले गरे आत्महत्या
  • सियारीमा विपद् व्यवस्थापन तथा राहत कोष स्थापना, डिस्इन्फेक्सन बनाउन सुरु
  •  सरकारले लकडाउन थप एक हप्ता बढाउने
  • “युवाद्धय मेघराज र बिक्रम : जो जोखीमका बिच कृषीमा भबिष्य…
  • छोराको जन्म दिनमा वालिङ रामबाच्छाका युवा व्यवसायी ठकुरीले गरे अत्यावश्यक…
  • ‘येशुलाई विश्वास गर्नेलाई कोरोना लाग्दैन’ भन्ने एक जना पक्राउ
  • गुर्जोको रस पिउँदा कोरोना संक्रमण ठीक हुने रामदेववावाको दावि
  • बैंकको कर्जा किस्ता तथा ब्याज २०७७ अषाढ सम्म तिरे पनि…
  • चैतमा तिर्नुपर्ने कर्जा असारमा बुझाए हुने : राष्ट्र बैंक
  • कोरोनाविरुद्धको लडाइँमा बलिउडकर्मीको सहयोग