मधेसी स्वास्थ्यकर्मी फोरमको अध्यक्षमा कुर्मी चयन ।

प्रकाशित मिति:
रबिन्द्र यादव/ नवलपरासी पश्चिम १६ भदौ | प्रतापपुर गाउँ पालिका स्तरीय मधेसी स्वास्थ्यकर्मी फोरम नेपालको अध्यक्षमा प्रमोद राउत कुर्मी सर्व सर्वसहमत रुपमा अध्यक्षमा चयन भएका छन । शनिबार मधेसी स्वास्थ्यकर्मी फोरम नेपाल प्रतापपुर गाउपालिकाको बेलाटारीमा बसेको पहिलो भेलाले कुर्मीको अध्यक्षतामा १३ सदस्य गाउपालिका स्तरीय तर्दस समिति गठन गरेको हो । जिल्ला अध्यक्ष दानी ठाकुरका अनुसार तर्दस समितिको अध्यक्षमा प्रमोद राउत कुर्मी वरिष्ठ उपाध्यक्षमा संजय कुमार शर्मा, महिला उपाध्यक्षमा बशन्ती चौधरी, उपाध्यक्षमा बिन्दु कुमारी चौधरी, सचिवमा रमेश कुमार शाह, सह सचिवमा रुपा सदा र कोषाध्यक्षमा गुलाब कुमार मिश्र रहेका छन । यसैगरी सदस्यहरुमा जंग बहादुर चौधरी, राजेश कुमार यादव, चन्द्र नारायण शाह, अर्जुन कुशवाहा, शिला मण्डल र सबिना खातुन लगायतका स्वास्थ्यकर्मीहरु रहेका छन । संघीय समाजवादी फोरम निकट रहेको मधेसी स्वास्थ्यकर्मीहरुको संगठनलाई फोरमका केन्द्रीय सदस्य ताराचन्द्र प्रसाद यादव जिल्ला अध्यक्ष दानी ठाकुर, सुनिल कुमार सिंह र पशुपति झा लगायतले सम्बोधन गरेक थिए ।