रेन्बुकाई करांते डो संघ पुनर्गठन

प्रकाशित मिति:

सबलपोस्ट/बुटवल – नेपाल रेन्बुकाई कराते डो संघ रुपन्देहीको जिल्ला कार्यसमिति पुनर्गठन भएको छ । संघको अध्यक्षमा प्रेमबहादुर घर्ती,उपाध्यक्ष सुबास परियार, महिला उपाध्यक्ष मनु श्रेष्ठ, सचिव युवराज पराजुली, सह सचिव रबिन जोशी,कोषाध्यक्ष हरिचन्द्र थारु र सहकोषाध्यक्ष बिनायक घिमिरे रहेका छन् । कार्यसमिति सदस्यहरुमा पदमा राना,ओम प्रकाश बि.क.,अब्दुल हक, भोला क्षत्री,धनेश्वर तिवारी,सतिश सापकोटा चयन भएका छन् ।

यस्तै सल्लाहकारहरुमा माधव बस्नेत,सुरेन्द्र श्री,बिष्णु भुसाल, विशाल गैरे,सत्यब्रत ज्ञवाली,राजकुमार गुरुङ,तारा बहादुर छन्त्याल, जीत बहादुर रास्कोटी, टि.बि. राना,लक्ष्मण अर्याल,अशोक बर्मा,तुल्सी बहादुर भण्डारी,प्रत बहादुर पुन,तिरनराज गौतम,कानुनी सल्लाहकारमा अधिवक्ता जगतबहादुर रायमाझी र विशेश सल्लाहकारमा भरतबहादुर के.सी. रहेका छन् ।  प्रेम घर्ती मगरको अध्यक्षता र प्रदेश सभा सदस्य दधिराम न्यौपानेको प्रमुख आतिथ्यता एवं संघका केन्द्रिय अध्यक्ष तथा प्रमुख प्रशिक्षक रेशम लामाको विशेष उपस्तिथिमा समिति पुनर्गठन घोषणा गरिएको सचिव युवराज पराजुलीले जानकारी दिए । नव गठित अध्यक्ष प्रेम जीएमले करांते खेलको विकास र खेलाडीको क्षमता विकासका लागि विभिन्न कार्यक्रम र प्रतियोगिता गरिने बताए ।