रोटरी क्वल अफ बुटवलको नियमित बैठक सम्पन्न

प्रकाशित मिति:

बुुटवल । प्रदेश योजना आयोगका उपाध्यक्ष डा प्रकास कुमार श्रेष्ठले प्रदेश नं ५ पांच वर्षको अवधीमा संमृद्धिको वाटोमा अघि वढ्ने बताएका छन ।

उनले शुल्यवाट शुरु गर्दा केही असहजता आएको बताए । सनिवार बुटवलमा भएको रोटरी क्वल अफ बुटवलको १२२५ औ नियमित बैठकमा उनले भने– शुन्यवाट काम शुरु गर्नु परेको छ त्यसकारणपनि सुस्त गतिमा छ, अवको ५ वर्षमा प्रदेशको मुहार फेर्न सकिन्छ ।’

प्रदेश सरकार बासको खोजीमा रहेको बताउदै उनले छिट्टै प्रदेशको विस्तृत स्थीतिपत्र सार्वजनिक गर्ने बताए ।

संघिय सरकारले दिएको लिमिटेशनमा काम गर्नु पर्ने भएकाले पनि आफ्नै अगाडीको समस्या निराकरण गर्ने योजना वनाउन नसकिएको उनले बताए ।

संघियता कार्यान्वयनको चरणमा रहेकाले अव त्यसको वेफाईदाको पाटो केलाउनु व्यर्थ हुने भन्दै अयोगका उपाध्यक्ष श्रेष्ठले संघियतामा राजश्व बढ्दो रहेछ भनेर पछुताउनुको कुनै अर्थ नुहुने बताए । उनले भने– संघियता खर्चालु रहेछ भन्ने कुरा संघियता लागु गर्नु अघि सोच्नु पर्दथ्यो । तिन तहको सरकार वनि सक्यो यसले गति ल्याई सक्यो , अब संघियता यस्तो उस्तो भन्नुको अर्थ छैन ।’ संघियताको मोडल तलबाट माथि हुनु पर्ने तर केन्द्रबाट तल लादिए जस्तो भएको बताउदै उनले नेपालमा जुन मोडलमा संघियता लागु गर्न खोजिएको थियो त्यो नभएको बताए । जिल्लाको कल्पना समेत नगरिएको संघियतामा अहिले जिल्ला अस्थीत्वमा रहनुले खर्च बढेको उनले बताए ।

तिन तहको सरकार चलाउदा खर्च वढ्नु स्वभाविक भएको बताउदै त्यसको मार जनतामा पार्न नहुनेमार सरकार सचेत रहेको उनले बताए । उनले पटके कर नलिन प्रदेश सरकारले स्थानिय तहलाई अनुरोध गरेको जानकारी गराउदै नियमन गर्ने संरचना नहुदा केही समस्या थपिएको उनको भनाई छ । उनले सामाजिक संघ संस्था संग सहकार्य गरेर मात्र प्रदेशको संवृद्धि हासिल हुने बताउर्दै रोटरीसंग पनि सहकार्य गरेर जान सकिने बताए ।

रोटरी क्लब अफ बुटवलका अध्यक्ष नारायण प्रसाद पन्थले प्रदेश सरकारसंग सामाजिक सेवामा सहकार्य गर्न चाहेको बताउदै निति योजना र कार्यक्रममा सधै साथ रहने प्रतिवद्धता व्यक्त गरे ।

बैठकमा पुर्व अध्यक्षहरु निर्मल लाकौल, अजयमान श्रेष्ठ, आमोद सिंमंगैडा, निवर्तमान अध्यक्ष राजेन्द्र लम्साल, रोटरीयनहरु जेपि कडेल, टिकाराम न्यौपाने, वसन्तबावु श्रेष्ठ राजेन्द्र जिसी लगायतले आयोगको काम कर्तव्य र अधिकार र समसामयिक विषयमा जिज्ञासा राख्नुको साथै सुझाव समेत पेश गरेका थिए । अध्यक्ष पन्थको अध्यक्षता सचिव दया भण्डारीको संचालनमा भएको कार्यक्रममा स्वागत रोटरीयन नवराज श्रेष्ठ धन्यवाद ज्ञापन पुर्व अध्यक्ष निर्मल लाकौलले गरेका थिए । वैठकमा उपस्थित विवरण सर्जन एज आम्स यादव घिमिरेले प्रस्तुत गरेका थिए । सो अवसरमा अगष्ठ महिनामा सत प्रतिशत वैठकमा उपस्थित हुने दुई दर्जन भन्दा वढि रोटरीयनहरुलाई सम्मान गरिएको थियो ।