तिलोत्तमा प्रिमियर लिग : ज्ञानोदय गोल्डस् र मणिग्राम किङ्गस् बने समुह विजेता

प्रकाशित मिति:

सबलपोस्ट/बुटवल –  रेन्बो ज्ञानोदय गोल्डस् र मणिग्राम किङ्गस् तिलोत्तमा प्रिमियर लिगमा समुह बिजेता बन्दै उपाधीमाथि दावेदारी पेश गरेका छन् । मंगलबार बिहान भएको लिग चरणको अन्तिम खेलमा लुम्बिनी शाक्यान्लाई ९ विकेटले पराजित गर्दै ज्ञानोदय गोल्डस् समुह ए बाट २ दशमलव २९ अंकका साथ समुह बिजेता बनेको हो । समुह बि को बिजेता बनेको मणिग्राम किङ्ग्स्ले १ दशमलव २३ अंक जोडेको छ ।

मंगलबार सम्पन्न प्रतियोगितामा पहिले ब्याटिङ्ग गरेको लुम्बिनी शाक्यान्ले दिएको १ सय ९ रनको लक्ष्य ज्ञानोदयले १४ ओभ र चल्दै गर्दा भेटेको थियो । ज्ञानोदयको जितका लागि सुनिल धमलाले नटआउट ५० रनको योगदान गरे भने सिद्धार्थराज शाही नटआउट २९ र शंकर रानाले २३ रनको योगदान गरे । लुम्बिनीलाई सस्तैमा रोक्न ज्ञानोदयका प्रतिश जिसीले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए । त्यस्तै कमल ओली र रोशन क्षेत्रीले समान २÷२ विकेट साथै सिद्धार्थराज शाही र नविन भट्टराईले १ ÷ १ विकेट लिएका थिए । प्रतियोगितामा ज्ञानोदयका सुनिल धमला मोस्ट भ्यालुयवल खेलाडी बने भने ज्ञानोदयकै प्रतिश जिसीले म्यान अफ द म्याचको उपाधी जिते । कार्तिक ७ गते फाइनल खेल हुने प्रतियोगिताको विजेताले चार लाख र उपविजतोले २ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।