‘अब हार्ने पालो केपी ओलीको’ – महासचिब मैनाली

‘सरकारको काम बाट जनता खुशी हुन सकेनन्’

प्रकाशित मिति:

बुटवल – नेकपा मालेका महासचिब सीपी मैनालीले अब हार्ने पालो प्रधानमन्त्री केपी ओलीको भएको टीप्पणी गरेका छन् । उनले सरकार परिवर्तनको संकेत गरे । नेपालमा अहिले सत्तासिन डबल नेकपाका अध्यक्षद्वय बाह्य शक्तिहरुको गोटी र चाहनामा चलिरहेको र दाबि गरे । ‘एक अध्यक्ष केपि ओली पश्चिमाशक्तिसंग जुनसुकै सम्झौता गरेरसत्ता पनि सत्ता लम्बाउन चाहन्छन् अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने भारत लगायतका शक्तिको आडमा सत्ता पल्टाएर नेतृत्वमा पुग्न चाहन्छन् । ’ मौनाली भन्छन—‘जनता ह्याप्पी हुन सकेनन् ,सरकारले जनताको चाहना अनुसार कामै गर्न सकेन ।’ फौजदारी अभियोगमा तानिएका सांसदहरुले पदबाट राजीनामा दिनुपर्ने उनको भनाइ छ । सत्ताधारी दलका सांसदहरूले करेक्सन गरेर अघि बढ्नुपर्ने मैनालीको जोड थियो । एकले अर्काेलाई फसाउनेकाम भैरहेको उनको निश्कर्ष छ ।

दुइपार्टीको एकता दीर्घकालसम्म टीक्दैन यो सरकारले जनताको चाहनालाई सम्बोधन गरेको छैन ,समावेशी लोकतन्त्र भन्ने तर साना दललाइ पाखा लगाएर समाबेशी हुन्छ ?’ तीन ठुला दलले समावेशि राजनितिलाई सिध्याउने काम गरेको प्रति चिन्ता समेत ब्यक्त गरे । प्राविधिक ढंगको एकताबाट नेकपाको पार्टी एकता र सरकार बनेको भन्दै उनले देश ऐतिशासिक संक्रमणमा रहेको बताए ।
प्राविधिक ढंगको एकता दीर्घकालीन हुन नसक्ने उनको दाबि छ । ‘देश पुजिवादमा गईसक्यो ,डेमोक्रयाटिभ माक्सवाद समाजवादिहरूको सिद्वान्त होईन , नेकपाले ईमान्दारीता देखाएनन्, कम्यूनिष्ट झन्डामा छन्न् हसिया हथौडामा छन, तर सिद्धान्तमा छैनन । ’ पूर्व उपप्रधानमन्त्री समेत रहेको उनले माक्सवादी सिद्वान्तले नेपालको आर्थिक विकास नहुने भनाइ राखे ।  सरकारले बिप्लव नेतृत्वको नेकपालाइ सहमतिमा ल्याएर उनीहरुको माग सम्बोधन गर्नुपर्ने बताए । रामकुमार क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन कपिल ज्ञवालीले गरेका थिए ।