अभिनय जस्तै हाम्रा कदम (सम्पादकीय )

प्रकाशित मिति:

सरकारले तामझामका साथ बिमस्टेकको चौंथो सम्मेलनको व्यवस्थापन गर्यो । धेरै नदेखिएपनि महसुस गर्ने गरि राजधानीवासीहरुले एक खालको सास्ती र असुविधाव्योहोरे भने सहभागी सदस्य राष्ट्रहरुलाई देखाउनकै लागिपनि साविकका जमघटमा जस्तै यो भेलामापनि बाटामा समृद्धिको नारा र खाल्टा पुर्ने काम सम्पन्नभए , दुःखको कुरा पाहुनाहरुलाई रिट्रिटको लागिगोकर्णमापुग्नुपर्नेमापुग्ने बाटोको अवस्था कै कारण कार्यक्रमआयोजनागरिएको होटलमै रिट्रिट गरियो । अरुलाई सुनाउन भाषण र अरुलाई देखाउन नाटक गर्नमा उद्धत हाम्रा सरकार संचालकको अभिनयलाई कत्ति मन पराउनेहरुले मन पराएज्ञात भएन तर कुनै समय यत्तिकै तामझामका साथ सम्पन्न सार्क सम्मेलनको झल्को दिने र त्यही शैलीको कार्यक्रमबाट पाठ नसिकेर अहिले पनित्यहीहबिगतमा अगाडि बढेको अवस्थाले सबै कुरा पचाउन समर्थ नेपालीजनतालाई त केहीनहोला तर सधै एउटै पारामाअरुलाई देखाउनकै लागिमात्र रंगिने मुलुक र अभिनयगर्न उद्दतहरुको शैलीले मुलुकलाई कसरी पार लगाउला?अहिलेको बिश्वव्यापिकरणको विश्वलाई कसको हैसियत र अवस्था के छ भन्ने कुरा सामान्यजानकारी नै छ । त्यस माथि सार्क , बिमस्टेक जस्ता साझा नेटवर्कमाबाँधिएकाहामी एक अर्काको बारेमा अपडेट नहुने त कुरा भएन, यस्तो अबस्थामाहामीले देखाएको यो हर्कदलाई बाहिर देखाउनभन्दापनि समर्ग बिकाशको अवस्थालाई स्पष्ट पार्न व्यावहारिक र यथार्थ मै हामीले परिवर्तन ल्याउन सकेको भएलाजहुने थिएन । पाहुनालाई देखायौं अब साँच्चिकै मुलुक परिवर्तन गरौं, यस्ता जमघटमा अब नाटक रच्ननपरोस् ।