नदीजन्य पदार्थमा ठेकेदारले रोयल्टी रकम बढी लिएको भन्दै ट्याक्टर ब्यवसायीहरुको आरोप

प्रकाशित मिति:

नवलपरासी-पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर ७ भई बग्ने खजुरी खोलाबाट निकासी हुने नदीजन्य पदार्थमा ठेकेदारले रोयल्टी रकम बढी लिएको भन्दै ट्याक्टर ब्यवसायीहरुले आरोप लगाएका छन । आर्थिक बर्ष २०७६, ७७ का लागी ढुंगा, मिस्कट, रोडा जस्ता नदीजन्य पदार्थ निकासीका लागी पुष्पाञ्जली कन्ट्रक्सन एण्ड सप्लाएर्स प्राली काठमाण्डौले करिब २ करोड ११ लाखको लागतमा बर्दघाट नगरपालिकाबाट टेण्डर पारेर रोयल्टी उठाउन लागेको हो ।

ट्याक्टर ब्यवसायीहरुको भनाई अनुसार प्रतिफुट ६ रुपियाको दरले १ सय फुटको ६ सय रुपिया, १३ प्रतिशत भ्याट र डेढ प्रतिशत कर गर्दा समान्य चलनचल्ती अनुसारका ट्रयाक्टर ट्रालिमा प्रति ट्राली एक सय फुट नदजन्य पदार्थ जाने र भ्याट कर जोडेर बढीमा ६ सय ८७ रुपिया प्रति ट्राली हुन आउने भएपनि ठेकेदारले प्रति ट्राली ८ सयको दरले रोयल्टी लिदा प्रति ट्रालीमा १ सय १३ रुपिया बढी असुली गर्ने गरेको भन्दै ट्याक्टर ब्यवसायीहरुले गुनासो गरेका हुन । ट्याक्टरमा एक सय क्युफिट भन्दा बढी खोलाजन्य पदार्थ नजाने ट्याक्टर ब्यवसायीहरुले बताएका छन । यस विषयमा सम्बन्धित निकाय बर्दघाट नगरपालिकाका संग बुझ्दा प्रदेश सरकारको नियम अनुसार पूति फुट ६ रुपिया र १३ प्रतिशत कर निर्धारण गरिएको र सो भन्दा बढी लिएको उजुरी आएमा कार्यवाही प्रकृया अगाडी बढाइने बताएको छ । त्यस्तै स्थानियबासीहरुले खजुरी खोलाको उत्तर तर्फबाट ढुंगा निकासी गरिरहदा आफ्नो क्षेत्र भन्दा बाहिर गई चुरे क्षेत्रबाट समेत ढुंगाा निकासी गर्ने गरेको आरोप लगाउदै खोलाबाट नदिजन्य पदार्थ उत्खनन् गर्दा खोला भासिएर धेरै गहिरो भएको हुदा सो खोलाले खोला किनारको आवादि नम्बरि जग्गालाई निकट भविष्यमा ठुलो क्षति पुर्याउन सक्ने भन्दै चिन्ता ब्यक्त गरेका छन ।