श्री सिद्धबाबा माविमा विद्यार्थी केन्द्रित ७औं Book Talk कार्यक्रम सम्पन्न

प्रकाशित मिति:
 रमेश वि.क. गुल्मी । रेसुंगा नगरपालिका वडा नं. ८ मा सञ्चालित श्री सिद्धबाबा माध्यमिक विद्यालयमा विद्यार्थी केन्द्रीत नियमित कार्यक्रम अन्तर्गत ७औं Book Talk कार्यक्रम सम्पन्न भएको छ । ७० जना विद्यार्थीहरुको सहभागिता रहेको सो कार्यक्रम भदौ १५ गते साँझ ३ बजे देखि ९ बजेसम्म सञ्चालन भएको हो । ११ औं पुस्तकालय दिवसको अवसरमा ‘समृद्ध पुस्तकालय, समृद्ध समाज’ स्लोगनसहित उक्त कार्यक्रम प्रभावकारी रुपमा सम्पन्न भएको हो ।पुस्तकालय अध्यक्ष माधवी थापाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथिमा बिलवा थापा, विशिष्ट अतिथिमा डोर विक्रम श्रीस रहनु भएको थियो । २३ विद्यार्थीहरुले अध्ययन गरेका दुई साथीहरु र भालू कथा, रबिनहुड, सुन ओकल्ने भाले, ब्रह्मपुत्रको छेउछाउ(उपन्यास) देव कुमारी थापा (जीवनी) आदि सम्बन्धमा आ–आफ्नो अनुभव एकअर्कमा साटेका थिए ।१० शिक्षकहरुको उपस्थिति समेत रहेको उक्त अतिरिक्त क्रियाकलाप स्वरुपको कार्यक्रम मुक्त बहादुर पुनले सञ्चालन गर्नुभएको थियो । यस्तो कार्यक्रममा सहभागी हुन पाउँदा विद्यार्थींहरु उत्साहित देखिएका छन् ।