तेस्रो संस्करणको ‘ए’ डिभिजन चन्द्रागिरी मेयर गोल्डकप हुने

५ कार्तिक २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
10 Shares


काठमाडौं -तेस्रो संस्करणको चन्द्रागिरी ‘ए’ डिभिजन गोल्डकप फुटबल प्रतियोगिता सुरु हुने भएको छ । राजधानीमा पत्रकार सम्मेलन गर्दे यही कात्तिक ३० गतेदेखि तेस्रो ‘ए’ डिभिजन चन्द्रागिरी मेयर गोल्डकप सुरु हुने भएको जानकारी गराइएको हो ।आयोजक दीपशिखा युवा समूहले मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै गोल्डकपको मिति सार्वजनिक गरेको छ । कात्तिक ३० गतेदेखि मंसिर ७ गतेसम्म प्रतियोगिता चन्द्रागिरी नगरपालिका नैकापस्थित नैकाप खेल मैदानमा आयोजना हुने दिपशिखा युवा समूहका अध्यक्ष रवि बुढाथोकीले जनाकारी गराए ।विभिन्न ‘ए’ डिभिजन क्लबको सहभागितामा हुदैं आएको प्रतियोगिताको पहिलो संस्करण ब्राइट फ्युचर युथ समूहले आयोजना गरेको थियो, भने दोस्रो संस्करण दीपशिखाले नै आयोजना गरेको थियो ।खेल प्रतियोगिताका संयोजक पूर्व राष्ट्रिय खेलाडी रमेश बुढाथोकीले प्रतियोगितामा आयोजकको दुई टोली सहभागी हुने बताए ।

उनले आयोजकको तर्फबाट दीपशिखा युवा समूह र चन्द्रागिरी नगरपालिकाको टोली सहभागी हुनेछ, भने त्यस बाहेक ‘ए’ डिभिजनका ८ देखि १० टोलीको सहभागिता रहने जानकारी दिए ।चन्द्रागिरी नगरपालिका नगर प्रमूख घनश्याम गिरीले चन्द्रागिरीमा राष्ट्रिय स्तरका खेलहरु गराउन पाउँदा नगरकै आर्थिक, समाजिक र नगरको परिचयमा थप टेवा पुग्दै आएको विश्वास गरे । उनले यस कपले राष्ट्रिय स्तरमा समेत चर्चा परिचर्चा मात्र नभई खेलको विकासमा एउटा भए पनि ईट्टा थप्ने बताए ।पत्रकार सम्मेलनमा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी नकआउटका आधारमा प्रतिस्पर्धा गराइने जनाइएको छ । आयोजकका अनुसार यसवर्ष पुरस्कार राशीमा ५० हजार रुपैयाँ बृद्धि गरिएको छ । तेस्रो संस्करणको विजेताले ६ लाख ५० हजार रुपैयाँ तथा दोस्रो हुनेले ३ लाख ५० हजार रुपैयाँ पाउनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • जर्मनीका प्रान्तीय अर्थमन्त्रीले गरे आत्महत्या
  • सियारीमा विपद् व्यवस्थापन तथा राहत कोष स्थापना, डिस्इन्फेक्सन बनाउन सुरु
  •  सरकारले लकडाउन थप एक हप्ता बढाउने
  • “युवाद्धय मेघराज र बिक्रम : जो जोखीमका बिच कृषीमा भबिष्य…
  • छोराको जन्म दिनमा वालिङ रामबाच्छाका युवा व्यवसायी ठकुरीले गरे अत्यावश्यक…
  • ‘येशुलाई विश्वास गर्नेलाई कोरोना लाग्दैन’ भन्ने एक जना पक्राउ
  • गुर्जोको रस पिउँदा कोरोना संक्रमण ठीक हुने रामदेववावाको दावि
  • बैंकको कर्जा किस्ता तथा ब्याज २०७७ अषाढ सम्म तिरे पनि…
  • चैतमा तिर्नुपर्ने कर्जा असारमा बुझाए हुने : राष्ट्र बैंक
  • कोरोनाविरुद्धको लडाइँमा बलिउडकर्मीको सहयोग