‘समाचारले दृष्टिविहीनको इपुस्कालय बन्‍यो, त्यो मेरो लागि अविस्मरणीय क्षण हो

१६ भाद्र २०७५, शनिबार ०   बिचार / प्रतिक्रिया
64 Shares


पत्रकारिता क्षेत्रमा प्रवेश गर्दा  हाम्रो सम्पादा  हाम्रा कुरा डटकम   इन्टर आइसिटी डटकम  नेपालवाणी रेडियो   नेपाल-कोरिया डटकम   आइटी म्‍यागेजिन लिभिङविथ आइसिटी   अन्‍नपूर्ण पोस्ट दैनिक र अनलाइनमा पत्रकारितालाई नजिकबाट अनूभव र अनुभूति गरिसक्‍नु भएका सहदेव चौधरी हाल  देश सञ्‍चार डटकममा वरिष्ठ उप-सम्पादको रुपमा कार्यरत हुनुहुन्छ। उनै पत्रकार चौधरीसँग पत्रकारिताको अनुभव र अनुभूलिलाई लिएर गरिएको संक्षिप्त कुराकानी:

पत्रकारितामा कसरी आउनुभयो ?

मेरो पत्रकारिता करियर खास गरी अनलाइनबाटै भएको हो।काठमाडौंमा बसेर पत्रकारिता पढिरहँदा अनलाइन सञ्‍चार माध्‍यम भर्खर भर्खर खुल्‍ने क्रम सुरु भएको थियो । त्‍यतिबेला नेपाल न्‍यूज डटकम, अनलाइन खबर र दैनिक पत्रिकाका अनलाइन भर्सन थियो। हुन त एसएलसी पास गरेर म काठमाडौं आउँदा इन्जिनियरिङ र साथमा संगीत सिक्‍ने  सपना बोकेर आएको थिए।तर परिस्थिति उल्टो भयो। त्‍यतिबेला २०६२/६३को आन्दोलननले उग्र रुप लिएको थियो। मानिसहरु काठमाडौंमा हिड्‍न डराउँथे। क्‍याम्पसहरुमा प्राय: आन्दोलन भइरहन्थ्‍यो, नारा जुलुस भइरहन्थ्यो, म सुरुमा थापाथलीस्थित इन्जिनियरिङ कलेजमा इन्ट्रान्सको तयारीका लागि भर्ना भए। वातावरण सहज थिए, दिनकै आन्दोलन, मलाई डर लाग्थ्यो सुरुमा, एक दिन विद्यार्थीहरु गेटमा बसेर विद्यार्थीहरु नारा जुलुस गरिरहेका थिए, त्‍यति नै बेला हामी (म र एक जना साथी) पुग्‍यौ,इन्ट्रान्स दिन तर विद्यार्थीहरुले हामीलाई जुलुसमा सहभागी हुन भने। हामीले मानेनौ। उनीहरुले हाम्रो डकुमेन्ट माग्‍यो । हामीले फोटोकपी दियौ।तर दिने बित्तिकै जलाई दिए। हामी डरले भाग्‍यौ। त्‍यसपछि म थापाथलीमा इन्जिनियरिङ पढ्‍नको लागि गइन। पछि मेरो जेठा दाई (श्रवणकुमार चौधरी)ले अब आर आर अर्थात रत्‍नराज्‍यमा पत्रकारिता र मेजर अंग्रेजी राखेर पढ्‍नुपर्छ भन्‍नुभयो। मैले हुन्छ भने। आधा महिना पढाई गइसकेको थियो रत्‍नराज्‍यलक्ष्मी क्याम्पसमा।पिसिएलमा भर्ना भए। आइए अध्‍ययनसँगै वातावरण, कृषिसँग सम्बन्धित एउटा मासिक म्‍यागजिन ‘हाम्रो सम्पदा’मा काम सुरु  गरे। त्‍यहाँ छ महिना गरे। आइए दोस्रो वर्ष पढ्‍दै गर्दा शान्तिका लागि साझा अभियानमा स्वयमसेवको रुपमा काम गर्थे। त्‍यतिबेला युवाहरु मानव अधिकारका बारेमा पत्रपत्रिकामा पाठक पत्र लेखेर पठाउथ्यौ। जब हाम्रा कुरा डटकमले अनलाइन सुरुवात गर्‍यो।मेरो लागि अनलाइनको करियर सुरु भयो। म अनलाइनमा सुरुमा रिपोर्टरको रुपमा काम सुरु गरे।त्‍यतिबेला हाम्राकुरा डटकमसँगै इन्टर आइसिटी डटकम र ‘इन्टर’ भन्‍ने विज्ञान-प्रविधिबारे टेलिभिजन कार्यक्रम उत्पादन हुन्थ्यो। त्‍यसको लागि सँगै काम गर्नुपर्थ्यो।विहान कलेज। कलेजपछि हाम्राकुराको अफिस।अफिस डिल्लीबजार बाटुलेघर पछाडि थियो। मेरो पत्रकारिताको करियरको सुरुवात यहीबाट भयो। करीब पाँच वर्षसम्‍म हाम्रा कुरा डटकममा रिपोर्टरको रुपमा काम गरे।त्‍यसपछि नेपालवाणी रेडियो काठमाडौंमा बसेर एक वर्ष समाचार डेस्कमा बसेर काम गरे। प्रविधिमा पहिला बढी रुचि भएकाले मैले रेडियोमा लामो समय काम गर्न पाइन्। प्रविधिबारे बढी चासो भएकाले पछि ‘लिभिङ विथ आइसिटी’ म्‍यागेजिनमा एक वर्ष सिनियर रिपोर्टरको रुपमा एक वर्ष काम गरे। त्‍यति नै बेला अन्‍नपूर्ण पोस्ट दैनिकले अनलाइन भर्सन भर्खरै ल्‍याएको थियो। म अन्‍नपूर्ण पोस्ट दैनिकको अनलाइनमा काम गर्न सुरु गरे। करीब चार वर्ष अन्‍नपूर्ण अनलाइनमा काम गरे। हाल देश सञ्‍चार अनलाइनमा वरिष्ठ उप-उपसम्‍पादकको रुपमा अग्रज पत्रकार युवराज घिमिरेसँगै कार्यरत छु।

चुनौतीहरु कत्तिको खेप्नु परेकोछ आजसम्म आइपुग्दा ?

पत्रकारितामा लेख्‍ने र बोल्‍ने पेशा भएकाले मलाई लेख्‍न चाहि सुरुमै समस्या भएन।सानैदेखि बोलिने नेपाली भाषा प्रस्ट रुपमा बोलिने भएकाले पत्रकारिताको शैलीलाई लिएर लेखनमा सहजता पाए। तर समाचारका तत्वहरु औल्‍याएर पनि लेख्‍ने बेलामा भने नकारात्मक सोचि दिने सहपाठीले।जब त्‍यो स्टोरी वा समाचार बनेर आइसकेपछि साथीहरुले गिज्‍याउने। कसरी रिपोर्टिङ गर्‍यौ ? तिमीले नै गरेका हौ ? भनेर इख गर्ने प्राय: सबै मिडियाहरुमा पाएको छु मैले। अनलाइन पत्रकारितामा सुरुमा विश्‍वास दिलाउनै कठिनाइ हुन्थ्यो। ए अनलाइन पनि समाचार लेख्‍ने ठाउँ हो र ? भनेर प्रश्‍न गर्थे सबैले। त्‍यसपछि अनलाइनमा काम त धेरै गर्नु पर्ने तर पैसा थोरै दिने समस्याले धेरै नै सतायो। आर्थिकमा बलियो नै नहुने सुरुमा त पैसा नै नदिने इन्टर्नमा बस्नु पर्छ भन्‍ने। झुलाइ दिने। धेरै ठाउँमा यस्तै बेहोर्नु पर्ने। काम नगदी, पैसा उधारोमै धेरे ठाउँ खेप्‍नु पर्‍यो। अहिले पनि धेरै अनलाइनमा काम गर्नेहरुमाथि श्रम शोषण त छदैछ।तर अनलाइनमा धेरै पारिश्रमिक दिनेहरु आइसकेका छन्।

यस क्षेत्रमा आएपछि के पाउनुभयो के गुमाउनुभयो ?

मैले समाजको इन्जिनियरको रुपमा पाएको छु। जहाँ समस्‍या र सफलता हुन्छ त्‍यहाँ पहिला हामी पत्रकारहरु पुगेका हुन्छौ। समाजको पहिलो पहरेदार हामी भएका छौ। मसँग जनसम्पर्क धेरै छ।यसले एउटा पहिचान दिलाएको छ। म इन्जिनियर भएको भए देशको कुनै कुनामा सडक,पुल बनाइरहेको हुन्थे। तर पत्रकार भएर आएपछि समाजको परिवर्तनमा हातेमालो, सडक र सरकारका कुरा जनतासम्‍म पुर्‍याउने पुलको रुपमा चिनाउन पाएको छु। विभिन्‍न समाज, संस्कार र परिवेशलाई नजिकबाट नियाल्‍ने अवसर पाएको छु। आवाज विहीनहरुको आवाजलाई सम्बनधित नियकायमा र ठूला व्‍यक्तित्‍वहरुसँग अन्तरवार्ता र आफ्ना कुराहरु प्रष्टसँग राख्‍न सक्‍ने क्षमताको विकास आफूमा पाएकाले यही मेरो सम्पत्तिको रुपमा उपलब्धि पाएको छु। पत्रकारितामा लाग्दा भने परिवारसँग भने टाढिनु पर्दो रहेछ। भनेको समयमा आमाबुवा, घर र आफन्तलाई समय दिन सकिएको छैन। साथीभाई पनि समय र परिस्थितिले साथ दिन सकिउको छैन। पत्रकारिताले समय अनुसार चल्‍न सिकाए पनि परिवार, साथी भाइ र आफन्तसँग भने अलग्‍याउँदो रहेछ। खाली भर्चुअल कनेक्ट भने गराइरहन्छ।

पत्रकारिता गर्न चाहानेहरुलाई के सुझाव दिनुहुन्छ पत्रकारको नाताले ?

पत्रकारिता समाजको ऐना हो। यो समाजभन्दा पर हुनै सक्‍दैन।त्‍यसकारण पत्रकार समाज सुधारको एउटा ऐना हो। उसले लेखेका कलमले समाज परिवर्तन हुन सक्छ वा समाजमा नकारात्मक प्रवृति पनि फैलिन सक्छ।यो निक्‍कै गहन पेशा हो। अध्‍ययन, अनुसन्धान र तथ्‍य र सत्‍यता आवश्‍यक हुने हुँदा यो पेशामा आउँदा अपनाउँदा सत्‍य र न्‍यायलाई हतियार बनाएर आउनुपर्छ। होइन भने पत्रकारको एक कलमको लेखाइले समाजमा आगो लगाउन पनि सक्छ भने लागेको आगो निभाउन पनि सक्छ। विकासका मूल, चेतनाको स्तर र सजगताको सहज दृश्यावलोकन गर्नु र गराउनु नै आजको आवश्‍यकता भएकाले कृपया अब आउने नयाँ पुस्ता वा पत्रकारितामा प्रवेश गर्न चाहनेले गहन अध्‍ययन, सजगता, इमान्दारिता र दृढ संकल्पित भएर आउनु पर्ने हुन्छ। किनकी लगनशील व्यक्तिले मात्रै यसमा पार पाउन सक्छ। चुनौतीका चाङहरु एकपछि अर्को हुन्छ त्‍यो पनि पाइलै पिच्छे। सजगता, सतर्कता अनि धैर्यताको सधैं खाँचो भएकाले पहिला घर परिवार, पार्टी वा कुने वादलाई त्‍यागेर पत्रकारिताको धर्ममा पाइला टेक्‍न अनुरोध गर्दछु।

यहाले पत्रकारिता गर्न शुरु गरेदेखिको अबिष्मरणीय क्षण ?

म अन्‍नपूर्ण पोस्ट दैनिकमा हुँदा लेखेको समाचारले दृष्टिविहीन साथीहरुलाई सहयोगी संस्थाहरुले इपुस्तकालय बनाइदिएको कुराले मेरो लागि अविस्मरणीय क्षण हो। किनकी समाजमा मानव धर्म र समाज सेवा चाहे बोलेर वा लेखेर वा भौतिक सहयोग जसरी गरेर हुन्छ। त्‍यो भन्दा ठूलो केही हुँदैन जस्तो लाग्छ। तपाईको बोली, लेखनी वा भौतिक सहयोगले कसैको जीवन कल्‍याण हुन्छ भने त्‍यही ठूलो उपलब्धि हो जस्तो लाग्छ। यस्तै भूकम्पको बेला हामी राहत लिएर भूकम्पपीडितको गाउँठाउँमा जादाँ उहाँहरुको माया र सद्भावले सधैं उत्प्रेरणा दिइरहन्छ।

बिशेष कुन बिटमा कलमचलाउन मन पराउनुहुन्छ ?

म प्राय: प्रविधिको क्षेत्रमा कलम चलाउदै आएको छु। तर अनलाइनमा काम गर्दा हरेक क्षेत्रमा प्राय समाज, राजनीतिक, कला संस्कृति, भाषा, वैदेशिक, खेलकुद र कूटनीतिको क्षेत्रमा अपडेट रहिरहनु पर्छ हरेक प्रहर।किनकी अनलाइनमा एउटै विधाले पुग्‍दैन। यसमा मल्टिडाइमेशनल पत्रकारको खाँचो हुन्छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया