उपेन्द्र सुब्बाको फिल्ममा दया र मिरुनाको जोडी

प्रकाशित मिति:

काठमाडौँ –कबड्डी’ सिरिजका स्क्रिप्ट राइटर उपेन्द्र सुब्बाले निर्देशनमा डेब्यू गर्न लागेको फिल्मका लागि लिड कास्ट फाइनल भएको छ । फिल्ममा अभिनेता दयाहाङ राई यसअघि नै प्रमुख भूमिकामा अनुबन्ध भए पनि लिड अभिनेत्रीको टुंगो लागेको थिएन । लामो समयदेखि निर्माण टिम अभिनेत्रीको खोजीमा थियो । अन्ततः फिल्ममा दयाहाङले रोमान्स गर्ने अभिनेत्री फाइनल भएको छ । फिल्ममा अभिनेत्री मिरुना मगर अनुबन्ध भएकी छन् । अब, पहिलो पटक दयाहाङ र मिरुनाले फिल्ममा रोमान्स गर्नेछन् । यद्यपि, बेनामे फिल्ममा मिरुना अनुबन्ध भएको निर्माण टिमले जानकारी दिएको छैन । फिल्मको कात्तिक १४ गतेबाट छायांकन सुरु हुँदैछ । फिल्मको अधिकांश छायांकन पाँचथरमा हुने जानकारी प्राप्त छ । फिल्मको कथा उपेन्द्र स्वयंले लेखेका हुन् ।

अभिनेत्री मिरुनाले अहिलेसम्म चार फिल्ममा काम गरिसकेकी छन् । उनले ‘लालपूर्जा’ बाट डेब्यू गरेकी थिइन् । तर, डेब्यू फिल्म नै बक्सअफिसमा डिजास्टर सावित भयो । दोस्रो फिल्म ‘रोज’ उनले अहिलेका चल्तीका अभिनेता प्रदीप खड्कासँग गरिन् । तर, यो फिल्मले पनि हलमा हावा खायो । यद्यपि, उनलाई दर्शकमाझ चिनाउन यो फिल्मले ठूलो भूमिका खेलेको थियो । उनको तेस्रो फिल्म ‘साइनो’ गएको साउनमा प्रदर्शनमा आएको थियो । तर, उनलाई तेस्रो फिल्मले पनि राहत दिएन । फ्लप फिल्ममा ह्याट्रिक गरिसकेकी मिरुनाको चौथो फिल्म ‘च च हुई’ आउँदो मंसिर ६ गते प्रदर्शनमा आउँदैछ । यसमा उनले अभिनेता आर्यन सिग्देलसँग रोमान्स गरेकी छन् । अब, मिरुनालाई दयाहाङ राईसँगको सहकार्य कति फलिफाप होला रु हेर्न