जोनको ‘पागलपन्ती’ ट्रेलरमा कमेडी नै कमेडी

प्रकाशित मिति:

एजेन्सी –हाउसफुल ४’ पछि अर्को एक मल्टीस्टारर कमेडी फिल्म प्रदर्शन हुँदैछ । कमेडीले भरिपूर्ण फिल्म ‘पागलपन्ती’ को ट्रेलर सार्वजनिक भएको छ । यो फिल्ममा अनिल कपूर, जोन अब्राहम, इलियाना डिक्रूज, अरशद वारसी, पुलकित सम्राट, कृति खरबन्दा, उर्वशी रौतेला र सौरभ शुक्ला लिड रोलमा छन् । फिल्म यस वर्षको २२ नोभेम्बरमा रिलिज हुँदैछ । ‘पागलपन्ती’ को ट्रेलरले पूरै तरिकाबाट टाइटललाई जस्टिफाई गर्छ । ट्रेलरमा जोन अब्राहम, अनिल कपूर, अरशद वापसी र सौरभ शुक्लाको कमेडी सानदार देखिएको छ । कमिक रोलमा जोन जमेका छन् । कमिक टाइमिङ, ब्याकग्राउन्ड स्कोर र डाइलग दमदार छ । यद्यपि, ट्रेलर कन्फ्यूजन छ । ट्रेलरबाटै फिल्मको मूलकथा बुझ्न गाह्रो पर्छ ।

अनीस बज्मीको निर्देशनमा बनेको फिल्मको ट्रेलरबाट अनुमान लगाउन गाह्रो पर्दैन कि यो फिल्मले बलियो इन्टरटेनमेन्ट दिनेछ । ‘पागलपन्ती’ को यसअघि सार्वजनिक लुक पोस्टरमा स्टारकास्टलाई म्याडनेस देखिएको थियो । निदेशक बज्मीले आफ्नो निर्देशनमा ुनो इन्ट्रीु, वेलकम, सिंह इज किंग रेडी जस्ता हिट फिल्म दिइसकेका छन् । केही वर्षयता एक्सन र सीरियस मोडमा देखिएका जोन अब्राहमलाई दर्शकले लामो समयपछि कमेडी गर्दै गरेको देख्न पाउनेछन् । उनलाई दर्शकले कमिक रोल्समा पनि निकै रुचाउने गरेका छन् । केही दिन अगाडि सार्वजनिक भएको ‘पागलपन्ती’ को पोस्टरमा उनी निकै अलग अवतारमा देखिएका थिए । फिल्ममा उनको चरित्रको नाम राज किशोर हो ।