धनुषामा गोली चल्दा एक जनाको मृत्यु

प्रकाशित मिति:

धनुषा- धनुषामा गोली चल्दा एक जनाको मृत्यु भएको छ । जनकपुर उपमहानगरपालिका–१४ मा गोली प्रहारबाट ४० वर्षीय मनोज साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

स्थानीय शंकर चौधरीको घरमा गएको बेला उनीमाथि गोली चलेको र घर धनी चौधरीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए ।घटनाबारे थप अनुसन्धान भइरहेको खनालले बताए ।