सुनको भाउ दुई सय रुपैयाँले बढ्यो

प्रकाशित मिति:

काठमाडौं – नेपाली बजारमा बुधबार सुनको भाउ दुई सय रुपैयाँले बढेको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला ७० हजार चार सय रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य पनि प्रतितोलामा दुई सय पैयाँले बढेर ७० हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । यता, चाँदी भने प्रतितोला आठ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य विगत पाँच दिनदेखि स्थिर छ । यसअघि गत शुक्रबार चाँदी पाँच रुपैयाँले बढेको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा हुने घटबढको आधारमा नेपाली बजारमा सुनको मूल्य निर्धारण हुन्छ । बुधबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस न्यूनतम १४ सय ८७.६० डलर देखि अधिक्तम १४सय ९०.५७ डलरमा सम्म करोबार भइरहेको छ