टिपिएल : बिहीबार ज्ञानोदय गोल्डस् र मणिग्राम किंगस् बीच उपाधी भिडन्त

प्रकाशित मिति:

बुटवल – रेन्बो ज्ञानोदयगोल्डस् र मणिग्राम किंगस् सर्बोत्तमसिमेन्टतिलोत्तमाप्रिमियर लिगको उपाधीभिडन्तहुने भएको छ ।
बुधबार सम्पन्न सेमिफाईनल खेलमाजितनिकाल्दै ज्ञानोदयगोल्डस् र मणिग्रामकिंगस् उपाधीभिडन्तमाआमनेसामने हुने भएकाहुन । ज्ञानोदय र मणिग्राम लिग चरणका सबै खेलमाजितनिकाल्दै समुह बिजेता बन्दै सेमिफाइनल प्रवेश गरेका टिम हुन ।  लिग चरणमा समुहबिजेताबनेकाबन्दै सेमिफाईनलप्रवेश गरेको मणिग्राम किंगस्ले बुधबारको दोस्रो खेलमा बुटवल युनाइटेडलाई १२ रनले पछाडिपार्दै फाइनलमा स्थान सुरक्षित गरेको हो ।  प्रतियोगितामापहिलाब्याटिङ्ग गरेको मणिग्रामकिंगस्ले निर्धारित २० ओभरकोमा ६ विकेटको क्ष्यतिामा १ सय ४२ रनको योगफलतयार पारेको थियो ।

टिमकालागि रोहन केसिले सर्बाधिक ४२ रनको योगदान गरे । १ सय ४३ रनको लक्ष्यका साथब्याटिङ्गथालेको बुटवलयुनाइटेडलाई मणिग्रामकिंगस्ले १९ दशमलव २ ओभरमा १ सय ३१ रनमा रोकेको थियो । बुटवलयुनाइटेडलाई सस्तैमा रोक्नमणिग्रामकाअमर सिंह राउटेलाले आफ्नो ४ ओभरमा १९ रन खर्चेर ५ विकेट लिएकाथिए । प्रतियोगितामा मणिग्रामका अमर सिंह राउटेलाम्यानअफ द म्याचभएभने मणिग्राम कै रोहन केसि मष्ट भ्यालुएवल खेलाडी बने ।यस अघिआजको पहिलो सेमिफाइनल खेलमापाल्पालीलिजेन्टस्लाई ९ रनले पराजीतगर्दै ज्ञानोदयगोल्डस् फाइनलप्रवेश गरेको छ ।  टस जितेर ब्याटिङ्ग गरेको ज्ञानोदयले ७विकेटको क्ष्यतिमा १ सय ४५ रनको योगफलतयार पारेको थियो । जवाफिब्याटिङ्ग गरेको पाल्पालीलिजेन्टस् १९ दशमलव ४ ओभरमा १ सय ३६ रनमा समेटिएपछिज्ञानोदयले फाईनलको यात्रा तय गरेको हो ।

ज्ञानोदयको जितकालगिशंकर रानाले ६२ रनको योगदान गरे भने शिद्धार्थ राजशाहीले ३६ रनको योगदान गरे ।  पाल्पालीलिजेन्टस्लाई लक्ष्यपुग्न रोक्नज्ञानोदयकादिवानपुनले ४ ओभरमा १३ खर्चेर ३ विकेट लिएकाथिए । त्यस्तै जितेन्द्र शहानीले २३ रन खर्चेर २ विकेट लिएभने सिद्धान्तराजशाहीले २ साथै प्रतिशजिसी र कमलओलीले समान १÷१ विकेट लिएकाथिए

प्रतियोगितामाज्ञानोदयगोल्डस्कासिद्धान्तराजशाहीमष्टभ्यालुएवलप्लेयर बने भने शंकर रानाले म्यानअफ द म्याचको उपाधीपाएकाछन ।
तिलोत्तमानगरपालिकावडानम्बर ६ स्थितनवजिवनक्लवको खेल मैदाननयाँमिल १० नम्बरमाजारी प्रतियोगितामाप्रथमहुने टिमले नगद ४ लाखप्राप्तगर्नेछ भने उपबिजेताहुने टिमले नगद २ लाखप्राप्तगर्नेछ ।  गतअसोज २५ गते शुरु भएको प्रतियोगिताको भोली समापनहुदैछ ।