दुवै मृगौला फेल तिलोत्तमाका सन्जु परियारलाई दक्षिण कोरिया सम्पर्क समाजद्धारा आर्थिक सहयोग

प्रकाशित मिति:

                            आर्थिक जुटे नयाँ जिवन पाउँने

सुरेश परियार/बुटवल – दुवै मृर्गाैला गुमाएका सन्जु परियारलाई उपचारका लागी आर्थिक रकम ज्ुट्न थालेको छ । विगद लामो समयदेखि तिलोत्तममा १४ टिकुलिगढ बस्ने ३३ वर्षिय मृर्गौला ग्रसित परियारलाई उपचारका लागी स्वदेश तथा विदेशबाट सहयोग रकम जुट्न थालेको हो ।आज पनि एक कार्यक्रमका विच दक्षिण कोरिया सम्पर्क समाजले ७३ हजार रकम सहयोग गरेको छ । दक्षिण कोरिया सम्पर्क समाजका संयोजक विरेन परियारको नेतृत्वमा संकलित सो रकम परियार सेवा समाज रुपन्देहीका अध्यक्ष लोक बहादुर नेपाली,तिलोत्तलमा नगर बनबाटिको सहजीकरणमा सो रकमको चेक पिडित परिवारलाई हस्तान्तरण गरिएको हो ।

तिलोत्तमा ३ एक होटलमा भएको कार्यक्रम परियार सेवा समाज तिलोत्तमका अध्यक्ष प्रेम परियारको अध्यक्षता, परियार सेवा समाज रुपन्देहीका अध्यक्ष लोक बहादुर नेपालीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । सोही अवसरमा बोल्दै परियार सेवा समाज रुपन्देहीका अध्यक्ष लोक बहादुर नेपालीले मानवीयता देखाउन सवैको दायित्व रहेको बताउनुभयो । सक्दो सहयोगले मृत्यूको मुखमा रहेका पिडित परियारलाई बचाउँन सकिने उल्लेख गर्दै नेपालीले भोलिका दिनमा यस्ता समस्या जस्लाई पनि आइपर्ने जिकिर गर्नुभयो ।परियार समाजले आवश्यक सहयोग गरिरहेको बताउदै आगामी दिनमा समेत सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । यस्तै कार्यक्रममा पिडित परिवारले सहयोगको याचना गरेको छ । परिवार भन्छ“ हजुरको सानो सहयोगले सन्जु परियारले नया जिवन पाउन सक्छ त्यसैले सो इच्छाले एनआइसि बैकको खाता न.ष्य डठढटढढछद्धडछद्दद्धण्ज्ञ वा ९८१७५५०६३५ नम्बरमा फोन गर्न सक्नुहुन्छ ।”हाल दुवै मृर्गाैला गुमाएका सन्जु परियार उपचारका लागी काठमान्डौ रहेका छन् ।