नेकपाको आयोजनामा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम बुधबार सम्पन्न

६ कार्तिक २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
17 Shares


नवलपरासी-नेपाल कम्युनिष्ट पार्टी नेकपा सरावल गाउ कमिटि पश्चिम नवलपरासीको आयोजनामा आउदै गरेको हिन्दुहरुको दास्रो महान पर्व दिपावली तथा छठ पर्वको पावन अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम बुधबार सरावल ७ भुजहवा दुर्गा मीन्दर पसिरमा सम्पन्न भएको छ । नेकपा सरावल गाउ कमिटिका अध्यक्ष लिलाधर पाण्डेको अध्यक्षता तथा प्रदेश नम्बर ५ का भौतीक पुुर्वाधार विकास मन्त्री एवं नेकपा प्रदेश नम्बर ५ का सह ईन्चार्ज तथा प्रदेश ५ प्रवक्ता बैजनाथ चौधरीको प्रमुख आतिथ्यातामा सम्पन्न भएको कार्यकममा बोल्दै प्रमुख अतिथि चौधरीले बजेट आएन, बजेट भएन भन्नु भन्दा आएको बजेट कसरी पुरै खर्च गर्ने भन्ने कुरा तर्फ लाग्न जरुरी रहेको बताउदै मन्त्री चौधरीले अहिले सम्मको ईतिहासमा कुनै पनि पार्टीले गर्न नसकेको काम अहिले दुई तिहाईको नेकपाको सरकारले गरिरहेको बताउनुभयो । साथै उहाँले अहिले प्रदेश सरकारले झरही खोलाको लागी १२ करोडको बजेट पारेको भन्दै हुन नसकेको क्षेत्रमा अब विस्तारै प्रदेशले विकासको कार्य गर्दै जाने बताउनुभयो । साथै उहाँले अहिले नेपालमा तिन तहै सरकारमा नेकपाको अग्रता रहेको र कम्युनिष्टको काधमा देशको वकास र समृद्धीको लागी जिम्मेवारी रहेको बताउदै प्रदेश सरकारको योजना अनुसार अहिले प्रदेशमा २४ प्रतिशत गरिबीको रेखामुनी रहेका समुदायलाई ५ बर्ष भित्रमा १० प्रतिशतमा झार्ने र यस अगावै आर्थिक बृद्धीदर ४ प्रतिशत रहेकोमा अहिले आएर ७ दशममलव ७ प्रतिमा बृद्धी भएको र प्रदेशमा लगानीमैत्री वातावरण सृजना भइरहेको बर्षमा प्रदेश नम्बर ५ ले ३६ अर्वको बजेट खर्र्ज गर्ने सो बजेटमा पपीछडिएका दलित, मुस्लिम, आदिवासी तथा विकट समुदायलाई प्राथमिकतामा राखि विकास खर्च गरिने बताउनुभयो ।

सो अवसरमा विशिष्ट अतिथिको रुपमा बोल्दै प्रदेश नम्बर ५ का प्रदेश सासंद दिपेन्द्र कुमार अधिकारीले मधेश, पहाड र हिमाल सम्मै अहिलेको नेकपाको सरकारले विकास निर्माणको कार्य गहिररहेको भन्दै यदी समाजमा कसैले कुनै प्रकारको सरकार विरोधि कुरा गरिरहेको भए त्यस तर्फ ध्यान नदिन नेतता थथा कार्यकर्ताहरुलाई आग्रह गर्दै आउदै गरेको नेपाली हिन्दुहरुको दास्रमे महान पर्व दिपावली छठ पर्वए लगाएत नेपालीहरुले मनाउने सम्पुर्ण पर्वको पावन अवसरमा शुभकामना ब्यक्त गर्नुभएको थियो । सो अवसरमा अन्य विशेष अतिथिहरु प्रदेश नम्बर ५ की प्रदेश सासंद भगवति भण्डारी, नेकपा जिल्ला अध्यक्ष भविश्वर तिवारी, जेष्ठ कम्युनिष्ट मञ्चका केन्द्रिय सदस्य खिमलाल पोखरेल, उद्योग बाणिज्य संघ परासीका अध्यक्ष केशव भण्डारी, पाल्हीनन्दन गापालिका अध्यक्ष बैजु प्रसाद गुप्ता दिपक, नेकपा सरावल ईन्चार्ज प्रल्हाद पासी, वृहस्पिति अधिकारी लगाएत नेकपा सरावल गाउ कमिटिका सम्पुर्ण पदाधिकारी, वडा कमिटिका अध्यक्ष सचिवहरुको उपस्थिती रहेको कार्यक्रममा दिपेन्द्र अधिकारी, प्रल्हाद पासी, खिमलाल पोखरेल, बैजु गुप्ता दिपक, केशव भण्डारी, वृहस्पति अधिकारी लगाएतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा पार्टीका स्थानिय कार्यकर्ताहरुले दुई तिहाईको नेकपाको सरकारले गरिरहेको विकासलाई भोजपुरी विरहा गितको माध्यमबाट सुनाएका थिए । नेकपाका करिब ५ सय नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको कार्यक्रममा नेकपा गाउ कमिटिका सचिव रोहित गौणको स्वागत मन्तब्य रहेको थियो भने कार्यक्रमको सञ्चालन कमिटिका सदस्य श्रीकान्त हरिजनले गर्नुभएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया