राष्ट्रियस्तरको मिस्टर नेपालको अडिसन बुटवलमा हुंदै

६ कार्तिक २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
326 Shares


बुटवल- एक्सपोज नेपाल डटकमको आयोजननामा बुटवलमा राष्ट्रियस्तरको मिस्टर नेपाल २०२० प्रतियोगिता हुन लागेको छ । युवाहरुको व्यक्तित्व र नेतृत्व क्षमता विकास गर्दै अन्तर्राष्ट्रिय प्लेटफर्ममा पु¥याउने उद्देश्यले आयोजना हुने प्रतियोगिताको बुटवल अडिसन मंसिर १० गते हुने स्थानीय व्यवस्थापक प्रो सोल शेकर्सले जनाएको छ । प्रतियोगितामा प्लस टु उत्तिर्ण गरेका १७ वर्ष देखि ३२ वर्ष सम्मका युवाहरुले प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् । प्रतियोगिताका लागि आवेदन खुला भएको स्थानीय व्यवस्थापक संस्था प्रो सोल शेकर्सका सिईओ अमृत पौडेलले जानकारी दिए । अडिसनका लागि आवेदन डब्लुडब्लुडब्लु डट एक्सपोज नेपाल डटकमको वेबसाइट र एमआर डट नेपाल वल्र्डको फेसबुक पेजमा गएर अनलाइनबाट पनि फारम भर्न सकिने पौडेलले बताए ।

देशका विभिन्न मुख्य शहरहरुमा हुने अडिसनबाट छनोट भएका युवाहरुबीच काठमाडौंमा फाइनल प्रतिस्पर्धा गराइने छ । फाइनलअघि एक महिनाको प्रशिक्षण दिइने प्रतियोगिताको विजेता र उपविजेताले विभिन्न इन्टरनेशनल इभेन्टमा प्रतिनिधित्व गर्न पाउनुका साथै विभिन्न उपहार र पुरस्कारहरु प्राप्त गर्ने पौडेलले बताए । राष्ट्रियस्तरको यो प्रतियोगिताको अडिसनमा भाग लिन एक हजार रुपैयां आवेदन शुल्क लाग्ने उनले बताए । मिस्टर नेपाल २०१८ मा अक्षय रायमाझी विजयी भएका थिए भने उनले फिलिपिन्सको राजधानी मनिलामा हालै सम्पन्न भएको मिस्टर वल्र्ड २०१९ मा नेपालकोतर्फबाट प्रतिनिधित्व गर्ने अवसर पाएका थिए । पत्रकार सम्मेलनको सञ्चालन आविश्कार पराजुलीले गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • प्रदेश २ कै नमुना ह्याच्री उधोग सिरहाको लहानमा संचालन
  • कर्णाली प्रदेशमा सुशासनका लागि युवा कार्यक्रम सम्पन्न
  • शनिदेबको दर्शन गरि आजको राशिफल हेर्नुहोस
  • स्व.वि.यु विहिन क्याम्पस बनाउन सरकार नै लाग्यो : महामन्त्री पाण्डेय
  • सभापति श्रेष्ठको निधन प्रती भरत कुमार शाहद्वारा दुख व्यक्त 
  • रोट्रयाक्ट डाउनटाउनको साप्ताहिक कार्यक्रम
  • शाइन रेसुंगा बैंक सामाजिक कार्यमा सक्रिय: बनाइदियो मन्दिरमा ट्रष्ट
  • बर्दघाट खानेपानीका नव निर्वाचित पदाधिकारीहरुले लिए सपथ 
  • गुल्मीको धुर्कोटमा बेवारिसे शव फेला
  • शैक्षिक ईज्यत जोगाउने चोली ‘संस्थागत विद्यालय’ लाई विभेद नगर्न राज्यलाई…