अर्थमन्त्रीमाथि खनिए कांग्रेस नेता गगन थापा

प्रकाशित मिति:

काठमाडौं-प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका युवा नेता गगनकुमार थापाले सरकारको कामबाट उत्साही हुनुपर्ने अवस्था नरहेको बताएका छन् ।बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपालको इतिहासमै बलियो सरकार बनेपनि त्यसले वैज्ञानिक ढंगले काम गर्न नसकेको बताएका हुन् ।

पूर्वमन्त्री समेत रहेका काँग्रेस नेता थापाले अर्थमन्त्री डा।युवराज खतिवडाका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कामलाई गति दिन नसकेको दावी पनि गरे ।काँग्रेस नेता थापाले अर्थमन्त्री खतिवडाले अर्थमन्त्रीको जस्तो नभई नेपाल राष्ट्र बैंकको गभर्नरको रुपमा प्रस्तुत भएकाले मुलुकको आर्थिक विकासको गति सहज ढंगले अघि बढ्न नसकेको आरोप लगाए ।