क्यानडा र अमेरिकाबाट लागुऔषध भित्र्याउने तीन जना पक्राउ

प्रकाशित मिति:

काठमाडौं- प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रतिबन्धित लागूऔषध गाँजा र चरेश सहित तीन जनलाई पक्राउ गरेको छ ।लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले विशेष सूचनाका आधारमा फ्लाइ दुबई एयरको एयरकार्गो मार्फत काठमाडौं भित्र्याइएको गाँजा सहित तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काभ्रेपलान्चोक घर भएका अच्युत त्रिपाठी, राजेन्द्रप्रसाद पाण्डे र सुरेन्द्र पाण्डे रहेका छन् । उनीहरुका साथबाट ७ किलो चरेश र ६ किलो ४ सय ग्राम गाँजा बरामद् भएको ब्यूरोका प्रमुख डीआइजी दिनेश अमात्यले बताए ।प्रहरीका अनुसार, राजेन्द्र र सुरेन्द्र क्यानडा तथा अमेरिकाबाट लागूऔषध नेपाल भित्र्याउने मुख्य कारोबारी रहेको खुलेको छ ।