‘मान्छेलाई जिउँदै जलाउने र महिलामाथि दुव्र्यवहार गर्नेलाई क्षमा हुन्न’

६ कार्तिक २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
17 Shares

फाइल तस्वीर

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजनीतिमा अपराधीकरण र नेतृत्वमा भ्रष्टिकरण अक्ष्यम्य हुने बताएका छन् । उनले लायन्स क्लब अफ काभ्रेपलाञ्चोकद्वारा लायन्स हार्ट क्लिनिक सञ्चालनार्थ परियोजना प्रस्तुत तथा विभिन्न चाडपर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई आज बनेपामा सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।“मान्छेलाई जिउँदै जलाउने, महिलामाथि दुव्र्यवहार गर्ने, गाउँले र महिलामाथि झम्टिने अपराधीलाई कुनै क्षमा हुन्न, कुनै कसरत बाँकी नराखी कानूनी कठघरामा उभ्याइन्छ, सजाए दिलाइन्छ” उनले भने । उनले विधिको शासनमा जो–कोहीले पनि उन्मुक्ति नपाउने प्रतिबद्धता व्यक्त गरे ।

मन्त्री बाँस्कोटाले राजनीतिमा अपराधीकरण र नेतृत्वमा भ्रष्टिकरणबारे मिडियाले पनि विशेष ध्यान दिनुपर्ने बताए । उनले भने,“सामाजिक क्षेत्रले पनि यसविरुद्ध आवाज उठाउनुपर्छ, सबै मिलेर अपराधीकरण र भ्रष्टिकरण न्यूनीकरण गर्दै जाने हो ।” सरकार भ्रष्टाचारविरुद्ध निर्मम तवरले लागिरहेको उनको भनाई थियो ।मन्त्री बाँस्कोटाले चुनावको वाचाअनुसार जनप्रतिनिधि अगाडि बढिरहेको बताए । “कहीँकतै जनप्रतिनिधि चुकेको भए खबरदारी गर्नुस् ।” उनले थपे,“तपाईहरु साथ दिनुहोस्, जनप्रतिनिधि के–के काम गर्दैछन् अनुगमन गर्न पनि आग्रह गर्छु ।” उनले चुनाव जित्नु मात्रै ठूलो विषय नभएको उल्लेख गर्दै ‘चुनावदेखि चुनावसम्मको राजनीति’ राजनीति नभएको तर्क गरे । रासस/news24

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • कर्णाली प्रदेशमा सुशासनका लागि युवा कार्यक्रम सम्पन्न
  • शनिदेबको दर्शन गरि आजको राशिफल हेर्नुहोस
  • स्व.वि.यु विहिन क्याम्पस बनाउन सरकार नै लाग्यो : महामन्त्री पाण्डेय
  • सभापति श्रेष्ठको निधन प्रती भरत कुमार शाहद्वारा दुख व्यक्त 
  • रोट्रयाक्ट डाउनटाउनको साप्ताहिक कार्यक्रम
  • शाइन रेसुंगा बैंक सामाजिक कार्यमा सक्रिय: बनाइदियो मन्दिरमा ट्रष्ट
  • बर्दघाट खानेपानीका नव निर्वाचित पदाधिकारीहरुले लिए सपथ 
  • गुल्मीको धुर्कोटमा बेवारिसे शव फेला
  • शैक्षिक ईज्यत जोगाउने चोली ‘संस्थागत विद्यालय’ लाई विभेद नगर्न राज्यलाई…
  • डि भी एजुकेशन को आयोजनामा एक दिने सेमिनार सम्पन्न