बिहिबारको दिन यसो नगर्नुहोस

प्रकाशित मिति:

एजेन्सी –कपाल नुहाउनु हूँदैन, रौं काट्नु हुँदैन,दारी काट्ने वा नङ काट्नेभारी कपडा धुनु र फोहोर हुँदैन, ५। लक्ष्मीको मात्र पुजा शास्त्रमा विहीबार कपाल नुहाउन नहुने उल्लेख छ । खासगरी महिलाहरुले विहीबार कपाल नुहाउनु अशुभ मानिन्छ । महिलाको जन्मकुण्डलीमा वृहस्पति पतिकोरुपमा रहने हुँदा यो दिन कपाल नुहाउनु नराम्रो मानिन्छ । विहीबार कपाल नुहाउँदा पति र सन्तानलाई अशुभ हुने शास्त्रमा उल्लेख छ ।विहीबारको दिन कपाल वा दारी काट्नु अशुभ मानिएको छ । वृहस्पतिलाई जीवन अर्थात जीवन भनिएको छ । विहीबार रौं काट्दा गुरु ग्रह कमजोर हुने भनिन्छ । यसो गर्दा शिरमा असर गर्ने र उमेर समेत कम हुने शास्त्रमा उल्लेख छ ।

विहीबार नङ काट्नु र दारी काट्नु अशुभ मानिन्छ । यस्ता कार्य विहीबार गर्दा जागिरमा समस्या हुने र पदोनन्ती हुनुको साटो घटुवा हुने समेत सम्भावना हुने शास्त्रमा उल्लेख छ ।विहीबार कपाल धुने, कपडा सफा गर्ने, दारी काट्ने, रौ काट्ने, फेशियल, नङ काट्ने काम कहिले पनि नगर्नुस् । त्यस्तै घरको सरसफाइ माकुराको जालो हटाउने काम पनि विहीबार नगर्नु नै उत्तम हुन्छ ।विहीबारको दिन भारी कपडा धुनु राम्रो मानिँदैन । विहीबारको दिन ठूला ठूला कपडा धुँदा अशुभ हुने मानिन्छ । बिहीबार घरमा भएको फोहोर बाहिर फाल्नु पनि नराम्रो मानिन्छ । विहीबारमा घरमा भएको फोहोर बाहिर फाल्दा अशुभ हुने मानिन्छ । घरको सरसफाइ सकेसम्म विहीबार नगर्नु नै राम्रो हुन्छ ।विहीबारको दिन लक्ष्मी नारायणको दिन मानिन्छ । यस दिन पुजा गर्दा लक्ष्मीको मात्र गर्नु हुँदैन । पुजा गर्दा लक्ष्मी नारायणको पुजासँगै गर्नु राम्रो हुन्छ । यसले पति पत्निबीचको सम्बन्ध पनि राम्रो हुने शास्त्रमा उल्लेख छ ।