स्याङ्जा कांग्रेसले कार्तिक ८ गते शुभकामना आदान प्रदान एबम चियापान कार्यक्रम गर्ने

प्रकाशित मिति:

कुमार बाबु हिताँगा/स्याङ्जा – नेपाली कांग्रेस स्याङ्जाले दशैँ, तिहारलगायतका पर्वको शुभकामना आदान प्रदान गर्न चियापान कार्यक्रम गर्ने भएको छ । नेपाली कांग्रेस स्याङ्जाले र्काितक ८ गते चियापान कार्यक्रम राखिएको र जिल्ला भरिका लोकतन्त्र प्रेमी सम्पुण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई निमन्त्रता पठाइएको कार्यबहाक सभापति बुद्दि बहादुर राना[कुमार]ले जानकारी दिए ।

नेपाली कांग्रेस स्याङ्जा पार्टी कार्यालय दिउँसो १२ः१५ देखि ३ः१५ बजेसम्म आयोजना हुनेछ । नेपाली कांग्रेसले २०३३ सालमा राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि वीपी कोइरालाद्वारा ०३४ सालबाट शुरू गरिएको चियापान कार्यक्रम दशैंको अवसर पारेर हरेक वर्ष आयोजना गर्दै आएको छ ।