पटाका रोक्न कडा चेकजाँच, राति १० बजेदेखि देउसी खेल्न नपाइने

७ कार्तिक २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
10 Shares


काठमाडौं । यस पटकको तिहारमा पटाका आयातमा कडाइ गर्न लागि काठमाडौं छिर्ने विभिन्न नाकामा कडा सुरक्षा जाँच हुने भएको छ।जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बुधबार प्रमुख जिल्ला अधिकारीको संयोजनमा बसेको बैठकले उक्त निर्णय गरेको हो। बैठकमा जिल्लाका सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी जिवन आचार्यले बताए ।तिहार तथा छठ पर्व मनाउने क्रममा आतिशबाजी, पटाका जस्ता प्रज्वलनशीत पदार्थको उत्पादन, आयात, विक्री वितरण र प्रयोगमा नियन्त्रण गरिने उनले जानकारी दिए। यसैगरी, घरधनीको स्वीकृति लिएर बिनाकरकाप राति १० बजेसम्म मात्रै देउसीभैलो खेल्न पाइने उनले प्रष्ट पारे।चाडपर्वलाई लक्षित गरी कालोबजारी हुन सक्ने भएकोले वाणिज्य विभागसँग समन्वय गरी बजार अनुगमन गरिने उनले जानकारी दिए । चाडपर्वमा चोरी, डकैती , लुटपाट हुने भएकोले सुरक्षा व्यवस्थामा उच्च सतर्कता अपनाइने उनले जनाए। जुवा, तास जस्ता खेलमा अवाञ्छित क्रियाकलाप हुन नदिन २४ घण्टा उच्च निगरानी बढाइने उनले प्रष्ट पारे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • क्ञ्चन गाउपालिकामा क्वारेन्टाइ हट्यो,संक्रमण रोकथाम गर्न सहयोग गर्ने सबैलाई गाउपालिका…
  • गणेशमान सिंहको स्मृतिमा नेबिसंघ द्वारा काठमाडौंमा दिप प्रज्वलन
  • सिरहाको लहानमा गणेश मान सिंहको स्मृति दिवस सम्पन्न
  • जनप्रतिनिधिद्वारा बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन
  • नवलपरासीमा पनि मनाइयो राष्ट्रिय परिवार नियोजन दिवस
  • शैक्षिक क्षेत्र सुधारको माग गर्दै शिक्षामन्त्रीलाई संयुक्त विद्यार्थी संगठनको पत्र
  • (एमसिसी )  बुंँदा परिमार्जन गरेर भए पनि अनुमोदन हुन्छ :…
  • शुदोधन गाउँ पालिका २ बनगाइमा एक युवकको हत्या
  • तिलोत्तमामा विनाधितो सहुलियतपूर्ण कर्जा
  • रैना र हरभजन नखेल्दा चेन्‍नईले टिम कसरी मिलाउला ?