कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : कस्ले लाउला टिका नेबी संघ अध्यक्षको ?

प्रकाशित मिति:

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ । बैठक आज(विहीवार) सानेपास्थित पार्टी कार्यालयमा दिउँसो २ बजेका लागि बोलाइएको छ । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका साथै मंसिर १४ गतेका लागि तय भएको उपनिर्वाचनका लागि उम्मेदवारबोरे छलफल गर्ने, भ्रातृ स्रगठनमा देखिएको समस्या समाधान गर्ने तयारी भएको नेताहरुले बताएका छन् ।

कांग्रेसले उम्मेदवार सिफारिसका लागि मातहतका समितिहरुलाई निर्देशन दिइसकेको छ । निर्देशनपछि केही स्थानीय तहका उम्मेदवारको नाम पनि सिफारिस भएर आइसकेको छ । त्यस्तै लामोसमयदेखि नेतृत्व विहीन रहेका भ्रातृ संगठन बिशेष गरी नेबी संघको अवको नेत्रुत्वको बिषयमा ब्यापक छलफल एबम आजै अध्यक्ष चयन गर्ने उत्कर्शमा पुगेको केही नेताहरु बताउन्छन ।