‘प्रेमनाथ’को छायांकन भदौ १८ देखि सुरु हुने

प्रकाशित मिति:

गणेश बेल्वासेको दोस्रो चलचित्र ‘प्रेमनाथ’को छायांकन भदौ १८ देखि सुरु हुने भएको छ । प्रेम, कमेडी र सस्पेन्स कथामा आधारित यो चलचित्रको शुटिङ नेपाल र भारतमा हुने छ ।

‘हामी नेपालका काठमाडौं, दाङ, लुम्बिनी, कालिकोट लगायतका स्थानका साथै भारतमासमेत फिल्म शुटिङ गर्छौं, त्यसको सबै तयारी सकिसकेका छौं,’ निर्देशकसमेत रहेका बेल्बासेले भने, ‘आगामी जेठ दोस्रो हप्ताभित्र रिलिज गर्ने तयारीसहित हामी लागेका छौं ।’