पीडित भनिएकी रोशनी शाही पीडकलाई नै जोगाउन लागिपर्नुको रहस्य के हो  ?

७ कार्तिक २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
16 Shares


काठमाडौं- निवर्तमान सभामुख कृष्णबहादुर महरालाई तीन हप्ता हिरासतमा राखेपछि अब अदालतले र्पुपक्षका लागि थुनामा राख्ने या धरौटीमा रिहा गर्नेबारे फैसला गर्न सक्छ । प्रहरी नियन्त्रणमा रहेका महरामाथि किटानी जाहेरी दिने रोशनी शाहीको बयान फेरिएपछि उनी नै बचाऊमा लागेको स्पष्ट भइसकेको छ ।रोशनीले आफूले आवेगमा आएर आरोप लगाएको र प्रहरीको करकापमा किटानी जाहेरी दिएको बयान अदालतमा दिइसकेकी छिन् । यसबाट उनी महरालाई जसरी पनि जोगाउन चाहिरेकी छिन् । उनले आफू डिप्रेसनको रोगी समेत भनेकी छिन् । आफूलाई गलत देखाएर महरालाई जोगाउन खोज्नुले बयानका आधारमा अदालतले फैसला गरेमा महरा छुट्ने र रोशनी जेल जाने अवस्था बन्नसक्छ ।कसैलाई गलत आरोप लगाएर बलात्कार जस्तो मुद्दामा फसाउनु गैरकानुनी हुन्छ । रोशनीको बयान अनुसार उनले गैरकानुनी कार्य गरेकी छिन् । त्यसकारण पनि उनी दोषी ठहरिएर जेल जाने अवस्था आउनसक्छ ।जर्बजस्ती प्रयासको अभियोगमा उजूरीकर्ता रोशनी शाही नै बयान फेरेर उनको समर्थनमा अदालतमा उपस्थित भएपछि घटनाले नयाँ मोड लिइसकेको थियो । आउँदो हप्ता यो मुद्दामा महरा र्पुपक्षका लागि थुनामा रहने या जमानतमा रिहा हुने टुंगो लाग्नसक्ने देखिएबाट घटनाबारे शंका उपशंका बढिसकेको छ ।जर्बजस्ती सम्बन्धि मुद्दामा प्रायः पीडितले बयान फेर्ने गरेको तथ्यांक छ । नेपालको हकमा अदालती प्रक्रियामा यस्ता धेरै उदाहरण छन् । तर, पीडतले बयान फेरेपनि पीडकलाई जोगाउन नसकिएको धेरै घटना छन् ।निवर्तमान सभामुख कृष्णबहादुर महरा प्रकरणमा के हुने हो हेर्न बाँकी छ । उनलाई जसले जर्बजस्तीको अभियोग लगाइन् उनी नै जोगाउन सक्रिय भइन् । अभियोग लागेर सूचना बाहिर ल्याएको भोलिपल्टबाट बदलिएकी रोशनी शाही ३ कात्तिकमा महराकै पक्षमा उभिइन्, त्यो पनि अदालतमा । पीडित भनिएकी रोशनी शाही पीडकलाई नै जोगाउन लागिपर्नुको रहस्य के हो  ?महराले उनीसँग पारिवारिक सम्बन्ध रहेको सरकारी वकिलको कार्यालयमा बयान दिएको बुझिएको छ । जबकि विगतमा चिन्दिन भन्थे ।महरा उनको कोठामा पुगेको अस्वीकार गर्दै आएका थिए । बयानका क्रममा कोठाको क्षेत्रसम्म पुगेको स्वीकार गरे । यसले घटनामा महराले कानुनी तरिकाले जोगिने मार्ग अपनाएको देखिन्छ । आवेगमा आएर रोशनी शाहीले बाहिर ल्याएको एउटा घटनाले निवर्तमान सभामुख कृष्णबहादुर महराको राजनीतिक जीवनमै ठूलो धक्का पुर्यायो । तर, घटनालगत्तै उल्टै महरालाई निर्दोष भन्दै आएकी रोशनी शाहीले १८ असोजमा प्रहरीमा पुगेर आफूमाथि जर्बजस्तीको प्रयास गरिएको भन्दै किटानी जाहेरी दिइन् ।१२ असोजको राति आफूमाथि जर्बजस्ती भएको दाबी गरेकी रोशनीको न त स्वास्थ्य जाँच गरिएको थियो न त घटनास्थलको प्रहरी अनुसन्धान गम्भीरताका साथ भएको थियो ।

रोशनी उल्टै आफूले आवेगमा आएर बोलेको भन्दै सच्याउन थालिन् । उनले सामाजिक सञ्जालमा महराविरुद्ध लेख्ने र बोल्नेविरुद्ध लेखिरहिन् । यसबीच १८ असोजमा एउटा आश्चर्यजनक कदम चालिन् । उनले महराविरुद्ध किटानी जाहेरी दिइन् ।जाहेरीमा आफूमाथि जर्बजस्ती प्रयासमात्र भएको उल्लेख थियो । यो योजनावद्ध तरिकाले हालिएको किटानी जाहेरी हो भन्ने कतिपय कानुनका जानकारको भनाई छ । किटानी जाहेरी दिनुपर्ने वाध्यकारी अवस्था रोशनीलाई परिसकेको थियो । अन्तर्राष्ट्रिय समुदायले पनि यो घटनातर्फ संकेत गर्दै बोलेपछि रोशनीले जाहेरी नदिए प्रहरी आफै अगाडि बढ्नुपर्ने अवस्था बनेको थियो । यस अवस्थामा रोशनीले मुद्दा कमजोर बनाउने गरी किटानी दिइन् ।महराले प्रहरीमा बयान दिन मानेनन् । अन्ततः ३ कात्तिकमा रोशनी शाही स्वयं अदालतमा उपस्थित भएर छुटाउनका लागि बयान दिन पुगिन् । काठमाडौं जिल्ला अदालतमा आइतबार घटनाले नाटकीय रुप लियो । यसले किटानी जाहेरी देखि अहिलेसम्मका घटनामा महरालाई सुरक्षित अवतरण गर्ने कानुनी मार्ग तयार गर्न खोजिएको देखिन्छ ।बयानका आधारमा फैसला गर्ने हो भने महरा बलियो भएका छन् । प्रहरीमा किटानी जाहेरी दिने शाहीले प्रहरीको करकापमा उजूरी दिएको बयान दिएर घटनालाई नयाँ मोड दिइसकिन् । यसले महरालाई फाइदा पुगेको छ । अब प्रहरीले दसी प्रमाणमा जान उत्तिकै कठिन छ । यसकारण महराले यो घटनामा सफाई पाउने सम्भावना बलियो बन्न पुग्नसक्छ । तर, कानुन व्यवसायी पीडकले बयान फेर्दैमा नहुने जिकिर गर्छन् । अधिवक्ता स्वागत नेपाल रोशनीले अभियोग लगाएपछि बयान फेर्दैमा जर्बजस्ती नभएको भन्न नसकिने र जर्बजस्ती प्रमाणित भइसकेको जिकिर गर्छन् ।यसैगरी, जर्बजस्तीको अभियोग लागेर प्रहरी नियन्त्रणमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महराले अभियोग लगाउने रोशनी शाहीसँग पारिवारिक सम्बन्ध भएको बयान दिएका छन् । काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयमा सात घन्टा बयान दिने क्रममा उनले रोशनीलाई चिनेको र पारिवारिक सम्बन्ध समेत रहेको बताएको बुझिएको छ ।रोशनीले अभियोग लगाउनेवित्तिकै महराले स्वकीय सचिवमार्फत् नचिनेको भन्दै विज्ञप्ति निकाल्न लगाएका थिए । महराले विगतमा शाहीलाई नचिनेको र कोठामा समेत नगएको दाबी गरेकोमा बयान फेरेका छन् । स्रोतका अनुसार उनले बयानमा बोलाएपछि उक्त क्षेत्रसम्म पुगेको बयानमा उल्लेख गरेका छन् । उनले कोठामा भने नपसेको दाबी गरेका छन् ।उक्त क्षेत्रसम्म गएको सीसीटीभी प्रमाण समेत हुनसक्ने बुझेर महराले यस्तो बयान दिएको हुनसक्ने बताइएको छ । १५ मिनेट उक्त क्षेत्रमा पुगेको उनको बयानमा उल्लेख छ । उनले पारिवारिक सम्बन्ध रहेको र आपत परेकाले गएको बयान दिएका छन् । महराको बयान बल्ल आएको हो । यसअघि उनले स्वास्थ्यका कारण जनाउँदै बयान दिन मानेका थिएनन् ।reportersnepal

 

फेसबुकबाट तपाईको प्रतिक्रिया