सुहानालाई लिएर ‘ए मेरो हजुर ४’ बनाउँदै झरना

प्रकाशित मिति:

काठमाडौँ –चलचित्र ‘ए मेरो हजुर ४’ निर्माण हुने भएको छ । यसअघि ‘ए मेरो हजुर २’ र ‘ए मेरो हजुर ३’ निर्देशन गरेर चर्चा कमाएकी निर्देशक झरना थापाले ‘ए मेरो हजुर ४’ मा सुहानाको जोडी खोजी भइरहेको बताएकी छिन् ।हामीले यतिबेला यही फिल्मका लागि काम गरिरहेका छौँ, केही हप्तामा अभिनेता को रहने भन्नेमा टुङ्गो लगाउँछौँ,’ झरनाले  भनिन्, ‘फिल्मको स्किृप्टमा काम चलिरहेको छ, नायिका भने सुहाना नै हुन्छिन् ।’

चलचित्र ‘ए मेरो हजुर ३’ बाट नेपाली फिल्म उद्योगमा डेब्यु गरेकी सुहाना थापालाई पुनः होम प्रोडक्सनको ब्यानरमा दर्शकले देख्न पाउने भएका छन् ।‘हामी यो फिल्मबाट भन्दा पनि ‘भागवत गीता’ निर्माण गर्ने योजनामा थियौँ, तर अनमोल केसीको समय नमिल्दा हामीले यो चलचित्र पहिले बनाउने भयौँ,’ झरनाले भनिन् ।चलचित्र ‘भागवत गीता’ मा भने दर्शकले अनमोल केसी र सुहाना थापाको जोडी रहने पहिले नै कुरा भएको थियो । यता अनमोल अन्य फिल्ममा व्यस्त भएपछि झरना ‘ए मेरो हजुर ४’ मा जुटेकी हुन् ।