साउदीमा रहेका नेपालीले अब सजिलै पैसा पठाउन सक्ने

प्रकाशित मिति:

काठमाडौं-ग्लोबल आइएमई बैंक र साउदी अरबको बैंक अलबिलादबीच रेमिट्यान्स सेवाको औपचारिक शुभारम्भ भएको छ ।साउदी अरबको बैंक अलबिलादको मुख्य कार्यालयमा आयोजित एक कार्यक्रममा दुई बैंकबीच सहकार्यको बुधबारदेखि औपचारिक सुरुआत भएको हो ।अबदेखि सेवाग्राहीले साउदी अरबको बैंक अलबिलादको १८० भन्दा बढी शाखा तथा काउन्टरमार्फत नेपालमा सहजरुपमा रकम पठाउन तथा ग्लोबल आइएमई बैंक, आइएमई तथा जीएमईका नेपालभर रहेका १५,००० भन्दा बढी बैंकहरुमार्फत रकम प्राप्त गर्न सक्नेछन् । बैंक अलबिलादको ईन्जाज रेमिट्यान्स नामक प्रसिद्ध रेमिट प्रोडक्ट रहेको छ ।

साउदी अरबका लागि नेपाली राजदुत प्रा।डा। महेन्द्रप्रसाद सिंह राजपुतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा दुवै बैंकका उच्चपदस्थ अधिकारीहरुको उपस्थिति रहेको थियो ।