डब्लुसीएलको उपाधि भिडन्तमा काठमाडौंले पायो ११३ रनको लक्ष्य

प्रकाशित मिति:

एजेन्सी –पहिलो पटक भएको वुमन्स च्याम्पियन्स लिग क्रिकेट डब्लुसीएल को उपाधि भिडन्तमा क्याट क्विन्स काठमाडौंले जीतका लागि ११३ रनको लक्ष्य पाएको छ । चितवन राइनोजले क्याट क्विन्स काठमाडौंलाई जीतका लागि ११३ रनको लक्ष्य दिएको हो ।त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ४ विकेट गुमाएर ११२ रन बनायो । चितवनका लागि सुमन खतिवडाले सर्वाधिक २९ रन जोडिन् । कप्तान इन्दु बर्मा २२ रनमा अविजित रहिन् ।

काठमाडौंकी संगीता राई, लक्ष्मी साउद र सरस्वती कुमारीले १र१ विकेट लिईन् ।आज दुवै टिम उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।क्विन्स ईभेन्ट म्यानेजमेन्टले आयोजना गरेको प्रतियोगिताको विजेताले ७ लाख र उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ ।प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले टीभीएसको स्कुटर र ५० हजार पाउनेछ । विधागततर्फका उत्कृष्टले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।