ग्यास बोकेको ट्रक दुर्घटना हुँदा एकको ज्यान गयो

७ कार्तिक २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
6 Shares


बैतडी-महाकाली राजमार्गअन्र्तगत बैतडीको सतबाँझ–गोकुलेश्वर सडकखण्डको सिन्केलेकमा आज बिहान ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृतकको पहिचान हुननसकेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।

धनगढीबाट दार्चुलातर्फ गइरहेको से१ख १९२३ नम्वरको ग्यास बोकेको ट्रक सडकबाट २०० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीको टोली अहिले घटनास्थलतर्फ गइरहेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • पडसरी गा बि स पुर्ब उपाध्यक्ष केसिको निधन प्रती सभापति…
  • श्रद्धेय पार्टी सभापति शेरबहादुर देउवाज्यु लाई खुल्ला पत्र ।
  • खाद्य पदार्थमा स्वच्छताः हामी सबैको प्रतिवद्धता
  • नेपालमा कोरोनाको संक्रमणबाट थप दुई जनाको मृत्यु
  • पश्चिम नवलपरासीमा कोरोना संक्रमितको संख्यामा बृद्धि
  • विदेशमा रहेका घर फर्किन चाहने सवै नेपालीलाई स्वदेश फिर्ता ल्याउन…
  • देशभरका मालपोत कार्यालय आइतबारदेखि खुल्ने
  • सरकारले जनताको दु : ख नदेखेको कांग्रेस नेता मिनेन्द्र रिजालको…
  • घरमै क्वारेन्टाइनमा बसेका डोल्पाका पुरुषमा कोरोनाको संक्रमण पुष्टि
  • पाल्पामा घुस लिएको आरोप लागेका एक वडाध्यक्ष पक्राउ