एनसेलको तिहार अफर चार गुणा बढी फोरजी डेटा बोनस

प्रकाशित मिति:

काठमाडौं- एनसेल प्राइभेट लिमिटेडले तिहार र छठ पर्वको अवसार पारेर आफ्ना ग्राहकहरुका लागि फोरजीमा डेटा बोनस योजना ल्याएको छ । यस योजना अन्र्तगत ग्राहकले चार गुणा बढी डेटाको फाइदा लिन सक्नेछन् ।यो अफर बिहीबार ९कात्तिक ८० बाट लागू भई १५ दिन सम्मका लागि सञ्चालनमा रहने छ । यस अफर अन्तर्गत एक दिन समयावधि भएको ७५ एमबी डेटा र सात दिनको समयावधि भएको ५०० एमबीको डेटा प्याक खरिद गर्ने ग्राकहले चार गुणा बढी डेटा भोल्युमको फाइदा लिन सक्नेछन् ।

कर बाहेक रु १५ ९करसहित रु १९।१५० शुल्क रहेको ७५ एमबी प्याकको खरिदमा ग्राहकले २२५ एमबी थप फोरजी डेटा पाउनेछन् । यसको मतलब ग्राहकले कुल ३०० एमबी डेटा पाउनेछन् । त्यसैगरी कर बाहेक रु ७५ ९कर सहित रु ९५ंंं।७७० शुल्कमा आउने ५०० एमबीको खरिदमा थप १५०० एमबी फोरजी डेटा बोनस स्वरुप पाउनेछन् । यसरी कुल २००० एमबी डेटा पाउन सक्नेछन् ।ग्राहकले सजिलैसँग एष्ट्रिक्स १७१२३ एष्ट्रिक्स ४४ ह्यास डायल गरी वा एनसेल एपबाट यो अफर एक्टिभेट गर्न सक्छन् । यस अफर अन्तर्गत पाइने बोनस डेटा भोल्युम ग्राहकले फोरजी चल्ने मोबाइल सेट र सिम प्रयोग गरी फोरजी नेटवर्क संचालनमा रहेका स्थानहरुमा चलाउन सक्नेछन् ।चाडपर्वको अवसरमा सञ्चालनमा ल्याइएको यस अफरले ग्राहकलाई थप सुविधा प्रदान गर्ने र आफन्त, परिवारजन र साथीभाईबीच सम्पर्कमा रहिरहन, शुभकामना आदानप्रदान तथा खुसी साटासाट गर्न मद्दत पुर्याउने विश्वास एनसेलले लिएको छ ।यस अफरबाट फाइदा लिन फोरजी सिम नभएका ग्राहकले आफूलाई नजिकै पर्ने एनसेल सेन्टरमा गई आफ्नो सिमलाई फोरजी सिम अर्थात युसिमसँग साट्न सक्नेछन् । यसको लागि रु १ शुल्क लाग्छ । यस प्रक्रिया मार्फत युसिम लिने ग्राहकले सात दिनको समयसिमा रहेको एक जीबी डेटा पनि पाउनेछन् । यो डेटा दिनको समयमा अर्थात बिहान ५ देखि साँझ ५ बजेको समयमा प्रयोग गर्न सक्नेछन् ।