अमेरिकाले टर्कीमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्यो

प्रकाशित मिति:

काठमाडौं –अमेरिकाले टर्कीमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । रुस र टर्कीबीच सिरियाको उत्तरी क्षेत्रमा युद्ध विरामको समयलाई बढाउने सहमति भएसँगै अमेरिकाले प्रतिबन्ध फुकुवा गरेको हो ।

टर्कीले सिरियामा उत्तरी क्षेत्रमा सक्रिय रहेको कुर्द लडाकुहरुविरुद्ध नौ दिन अघि सैनिक कारवाही शुरु गरेपछि अमेरिकाले प्रतिबन्धको घोषणा गरेको थियो । तर टर्की र रुसबीच सिरियामा उत्तरी क्षेत्रमा सैनिक तैनाथ गर्ने र सिरिया र टर्कीले त्यस क्षेत्रमा संयुक्त गस्ती गर्ने सहमति गरेका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिबन्ध फुकुवा भएको घोषणा गरेका हुन् ।अमेरिकाका सेना उत्तरी सिरियाबाट हट्ने वित्तिकै टर्कीले कुर्द लडाकुविरुद्ध आक्रमण शुरु गरेको थियो ।