चितवन राइनोजले जित्यो डब्लुसीएलको उपाधि

प्रकाशित मिति:

चितवन-चितवन राइनोजले पहिलो संस्करणको वुमन्स च्याम्पियन्स लिग क्रिकेट डब्लुसीएल को उपाधि जितेको छ ।बिहीबार भएको फाइनलमा क्याट क्विन्स काठमाडौंलाई ४५ रनले पराजित गर्दै चितवन च्याम्पियन बनेको छ ।त्रिवि क्रिकेट मैदानमा चितवनले दिएको ११३ रनको सामान्य लक्ष्य पछ्याएको काठमाडौं १० ओभरमा अलआउट हुँदै ६७ रनमा समेटियो । काठमाडौंका लागि अप्सरी बेगमले सर्वाधिक १५ रन जोडिन् ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ४ विकेट गुमाएर ११२ रन बनाएको थियो । चितवनका लागि सुमन खतिवडाले सर्वाधिक २९ रन जोडिन् । कप्तान इन्दु बर्मा २२ रनमा अविजित रहिन् ।यस्तै काजल श्रेष्ठले २१ तथा कन्चन श्रेष्ठले १९ रन जोडिन् । काठमाडौंकी संगीता राई, लक्ष्मी साउद र सरस्वती कुमारीले १र१ विकेट लिईन् ।उपाधिसँगै चितवनले ७ लाख पुरस्कार प्राप्त गरेको छ । उपविजेता काठमाडौंले ३ लाखमा चित्त बुझायो ।