किन फेल हुन्छन् बालबालिका ?

प्रकाशित मिति:

काठमाडौं – किन फेल हुन्छन् बालबालिका ? निम्न कुरामा ध्यान दिनुपर्छ –सधै आफूले मात्र नपढाउनुहोस् । उसलाई आफै पढ्न र बुझ्न दिनुहोस् ताकि पछि उसले हरेक प्रश्नको उत्तर दिन सक्ने क्षमता उत्पन्न गर्न सकोस् । –सधै पढ मात्र नभन्नुहोस् । किनभने त्यसले शिशुमा अध्ययनप्रति अरुचि उत्पन्न गर्नसक्छ । –शिशुलाई कहिल्यै तँभन्दा ऊ धेरै पढ्छ भन्नु हुँदैन । यसले उसमा हीन भावना उत्पन्न हुन्छ । शिशुमा मायाको भावना उपन्न गराउनुहोस् । तिमीले अझ बढी परिश्रम गर्‍यौ भने राम्रो नम्बर ल्याउन सक्छौ भनेर सम्झाउनुहोस् ।

–घरमा पाहुना आएका बेला शिशुको अगाडि ऊ अध्ययनमा कमजोर भएको कुरा गर्नुहुँदैन । बरु शिशु पढ्नमा ठीक छ भन्यो भने उसमा राम्रो प्रभाव पर्छ । पढाइमा कमजोर भए पनि उसले त्यस्तो कुरा सुनेपछि आफू कमजोर भएको सबैले थाहा पाउलान् भन्ने डरले अझ राम्रोसँग पढ्ने प्रयास गर्छ । –कक्षाका पुस्तकहरूसँगै शिक्षाप्रद कथा एवं मनोरञ्जक पुस्तकहरू पढ्न दिनुहोस् । –उनीहरूलाई खेल्न दिनुहोस् । खेलले शरीर स्वस्थ हुन्छ र मस्तिष्क पनि ताजा रहन्छ । –मनोविज्ञहरूका अनुसार रुचिको पुस्तकले स्मृतिमा प्रभाव पार्छ अत: विषय छनोट गर्दा आफ्नो इच्छाको विषयभन्दा शिशुको इच्छाको विषयलाई महत्वपूर्ण मान्नुपर्छ । उसलाई आफ्नो विषय आफै छान्न दिनुपर्छ । यसरी आफ्नो रुचिको विषय छान्न पाए उसले मन लगाएर पढ्छ र परीक्षामा राम्रो परिणाम हात पार्न सक्छ ।