यी हुन् मन्त्रिपरिषद बैठकले गरेका निर्णय

प्रकाशित मिति:

काठमाडौं– सरकारले चालु आर्थिक वर्षका लागि धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । कात्तिक ५ गते बसेको मन्त्रिपरिषदको बैठकले प्रतिक्विन्टल मोटा धानको २ हजार ५ सय ३२ रुपैयाँ ८० पैसा र मध्यम धानको २ हजार ६ सय ७३ रुपैयाँ १६ पैसा तोक्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले जानकारी दिए ।

मन्त्रिपरिषदले गरेका १७ निर्णय बिहीबार सार्वजनिक गर्दै मन्त्री बास्कोटाले सहसचिव रामकृष्ण सुवेदीलाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको बताए । सुवेदी हाल गृहमन्त्रालयको प्रवक्ताका रुपमा कार्यरत छन् । यस्तै बैठकले करका दरहरु पुनरावलोकन गर्न स्वीकृति दिने निर्णय गर्नुका साथै काठमाडौं उपत्यकाभित्रको तारहरु व्यवस्थित गर्न दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ । यसैगरी कात्तिक १३ गते किजा पूजाको दिन सार्वजनिक बिदा दिने, नेपाली सेनाका लेखा उपरथी भुवन बहादुर अधिकारी क्षेत्री र महासेनानी आशिष प्रसाद उपाध्यायको राजीनामा स्वीकृतलगायतका १७ वटा निर्णय गरेको छ ।