सिद्धान्त र कमलको उत्कृष्टताले तिलोत्तमा प्रिमियर लिगको उपाधीमाथि ज्ञानोदयको सहज जीत

प्रकाशित मिति:

सबलपोस्ट / बुटवल – सिद्धान्त राजशाही र कमल ओलीको उत्कष्ट बलिङ्ग संगै रेन्बो ज्ञानोदय गोल्डस्ले सर्बोत्तम तिलेत्तमा प्रिमियर लिगको उपाधी चुमेको छ । बिहीबार सम्पन्न फाईनल खेलमा मणिग्राम किंगसलाई ८ विकेटले पाराजित गर्दै ज्ञानोदयले उपाधीचुमेको हो । उपाधीसंगै ज्ञानोदयले नगद४ लाख सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।  उपबिजेता बनेको मणिग्राम किंगस्ले नगद २ लाखमा चित्तबुझाएको छ । फाईनलमा भिड्ने दुबै टिमलिग चरणबाट समुह बिजेता बन्दै फाईनल सम्म आएका टिम हुन ।  जितका लागि पाएको ८८ रनको झिनो लक्ष्य ज्ञानोदयले ९ दशमलव १ ओभरमा पुरा गरेको थियो ।  सिद्धान्त राजशाही र कमल ओलीको कडा बलिङ्गसामु घुडा टेक्दै मणिग्राम किङसका ब्याटसम्यानहरु लामो समय क्रिजमाटिक्न सकेनन् ।  मणिग्रामलाई सस्तैमा समेट्नका लागि ज्ञानोदयका सिद्धान्त राजशाहीले उत्कृष्ट बलिङ गर्दै ४ ओभरको खेलमा १ मेडन सहित ६ रन मात्रखर्चेर ३ विकेट लिन सफल भए ।

त्यस्तै, ४ ओभरको खेलमा १९ रन खर्चिंदै कमल ओलीले पनि ३ विकेट लिएकाथिए । टिमकालागिजितेन्द्र शाहनीले ४ ओभरको खेलमा २५ रन खर्चिंदै २ विकेट लिएकाथिएभने दिवानपुन र प्रतिस जिसीले समान १÷१ विकेट लिएकाथिए ।  ब्याटिङ्गतर्फज्ञानोदयकाशंकर रानाले २८ बलमा सर्बाधिकनटआउट ४० रनको योगदान गरे । त्यस्तै देव खनालले ३३ रनको पारि खेले ।  प्रतियोगितामासिद्धार्थराज साहीले म्यानअफ द म्याचको उपाधीजिते भने कमलओलीमष्टभ्यालुएवल खेलाडीबने । प्रतियोगितामासियारी राइनोज सबै भन्दा अनुशासित टिम बन्न सफल भएको छ भने प्रतियोगितामा ज्ञानोदय गोल्डस्का शंकर रानाले म्यान अफ द सिरिज र बेष्ट ब्याटस्म्यानको उपाधी जिते ।

त्यस्तै ज्ञानोदकै प्रतिष जिसि बेष्ट बलर बने । यसैगरि रुपन्देहीपल्टन्स्का बिराटभण्डारी उदियमान खेलाडिबनेकाछन । त्यस्तै बुटवल युनाइटेडका कुशल मल्ल सबै भन्दा बढि छक्का प्रहार गर्ने खेलाडीको उपाधी जिते । उनले प्रतियोगिताभर १३ छक्का प्रहार गरेका थिए ।  तिलोत्तमा क्रिकेट बिकास समितिका अध्यक्ष अच्युतराज ढुंगानाको अध्यक्षता,तिलोत्तमा नगरपालिकाका मेयर बासुदेब अर्यालको प्रमुख आतिथ्यता, उापाध्यक्ष लोकनेश ढेंगाको स्वागत र राजेन्द्र केसीको संचालनमा समापन समारोह सम्पन्न भएको छ ।  तिलोत्तमा क्रिकेट बिकास समितिको आयोजनामा गत असोज २५ गते शुरु भएको प्रतियोगितामा प्रदेश नम्बर ५ का १० टिमको सहभागिता रहेको थियो ।