चोरीको गाडीसँगै तीन जना प्रहरी नियन्त्रणमा

प्रकाशित मिति:

रोशन दानी-काठमाडौँ  चोरीको गाडी नम्बर प्लेट परिवर्तन गरी चलाइरहको अवस्थामा राजस्व अनुसन्धान विभागले दुई वटा गाडी बरामद गरेको छ । राजस्व अनुसन्धान विभागले बा २१ च ४७१६ र बा २१ च ५५६२ नम्बरको गाडीलाई बालाजु र कोटेश्वरबाट बरामद गरेको हो ।सेतो रङ्गको भारतीय नम्बर प्लेटको गाडीलाई परिवर्तन गरी नेपाली नम्बर प्लेट राखेर चलाइरहेको भन्ने सूचनाका आधारमा ती गाडीलाई नियन्त्रणमा लिइएको जनाइएको छ । गाडीसँगै विभागले नुवाकोटका ३ जना व्यक्तिलाई समेत नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा परेका तीनै जनाको नाम गोप्य राखिएको छ । विभागले २०१९ को टोयोटा फर्चुनर गाडीलाई बरामद गरेको हो । उक्त गाडीको नेपाली बजार मूल्य १ करोड ६३ लाख पर्छ ।बा २१ च ४७१६ र बा २१ च ५५६२ नम्बर अर्कै व्यक्तिको नाममा रहेको बताइएको छ । हतार–हतारमा सेटिङमा कागजपत्रहरु मिलाएर उनीहरुले २ वटै गाडी ९० लाखमा बेच्न लागेको स्रोतले बताएको छ । News 24