जनउत्थान साकोसको तीजगीत प्रतियोगिता सम्पन्न

प्रकाशित मिति:

मोहन न्यौपाने , तिलोत्तमा भाद्र १५ । जनउत्थान साकोस तिलोत्तमा १५ कोटिहवाको आयोजनामा आफ्नै सदस्य बिचको तीजगीत प्रतियोगिता सम्पन्न भएको छ । साकोसाका अध्यक्ष ज्ञानु पौडेलको अध्यक्षता तथा सामाजिक बिकाश मन्त्रालय प्रदेश न ५ का सचिब डा.मान बहादुर बिकको प्रमुख आतिथ्यतामा सम्पन्न सो प्रतियोगितामा कामना आमा समूह बिसौरियाले प्रथम स्थान हासिल गरेको थियो । उपाधि जितेसंगै कामना आमा समुहले नगद रु. १० हजार प्राप्त गर्यो भने दित्तीय हुदै मनकामना जनउत्थान समूह भलवारीले नगद रु. ७ हजार र तृतीय हुदै जागरण जनउत्थान समूह भलवारीले नगद रु. ५ हजार प्राप्त गरेका छन् । प्रतियोगितामा अन्य सबै प्रतियोगीले सान्तवना स्थान हासिल गरि नगद रु. २÷२ हजार प्राप्त गरेका छन्

प्रतियोगितामा प्रथम दित्तीय तृतीय र सान्तवना हुने सबैलाई प्रमुख अतिथि सामाजिक बिकाश मन्त्रालय प्रदेश ५ का सचिब बिकले नगद , गिफ्ट ह्याम्पर तथा अबिर सहित सम्मान गर्नुभएको थियो । सो प्रतियोगितामा बोल्दै पमुख अतिथि बिकले ग्रामिण तहमै रहेर छोटो समयमा जनताको मनजित्न सफल जनउत्थान सहकारी प्रदेशकै उदाहरण भएको बताउनुभएको छ । उहाले जनतामुखी कार्य गरेको सहकारीले प्राप्त गरेको बिभिन पुरष्कार र देशमै उदाहरणिय काम गरेको प्रति खुलेर प्रसंशा गर्नुभयो ।

सो कार्यक्रममा बोल्दै साकोसकि अध्यक्ष ज्ञानु पौडेलले जनताको सहभागिता र दायित्वले पाएको पुरष्कार सबै सदस्यमा समर्पित गर्दै आगामी दिनमा यस्तै साथ् र सहयोगको अपेक्षा गर्नुभएको थियो ।
उहाले महिलाहरुको सहभागिता र सम्मानका लागि सधैको बर्षजस्तै गरिने तीजगीत प्रतियोगितामा सहभागी सबै समुहलाई धन्यबाद ज्ञापन गर्नुभयो । केहि समयमै ३०० जना बिपन्न गरिब र उत्पीडित तथा पिछडिएकाका लागि सदस्यता दिने बताउदै अध्यक्ष पौडेलले त्यस्तो बर्गको सदस्यता बनाउने व्यक्तिलाई सम्मान गरिने पनि बताउनुभयो ।

त्यस्तै सोहि कार्यक्रममा बोल्दै सस्थाका ब्यबस्थापक रनबहादुर थापाले सस्थाले गरेको सामाजिक कार्य जस्तै आयआर्जन , सिपमुलक तालिम , स्वरोजगार कार्यक्रम , ब्यबसायी सम्मान , महोत्सब सम्मान , तीजगीत प्रतियोगिता , विपद ब्यबस्थापन ,सरसफाई अभियान , उद्दमशिलता ,सुत्केरी स्याहार , विभिन्न अक्षयकोश लगायतका कार्यमा सरिक हुदै जनताको सुखदुखमा सदैब साथ् दिने बताउनुभएको थियो ।

सो प्रतियोगिताको अवसर पारि सस्थाले विभिन्न कार्यमा सहयोग गर्ने सत्ताको अक्षयकोशको लागि सम्मान सहित डबल नगद प्रदान गरिएको थियो । स्थानिय क्लब , संघ सस्था , बाल क्लब , नियमित रक्तदाता , उत्कृस्ट करेसाबारी गराउने बिष्णु माया डम्मरपाल , दुर्घटनामा परि मृत्युहुने बन्दना चौधरीको परिवारलाइ नगद रु २ लाख सहित अन्य व्यक्ति तथा सस्थालाई नगद सहित सम्मान गरिएको थियो । हाल १ सय ४ करोडको पुजी रहेको सस्थाको आफ्नै पुजी ८ करोड रहेको छ ।

हाल १२ हजार सदस्य रहेको जनउत्थान सहकारीले दक्षिण एसियामा गरिएको छनौटमा नेपालबाट जनउपयोगी सर्बोत्कृस्ट कार्य गरेकोमा इण्टरनेशनल गुणस्तरिय अवार्ड एक्सेस समेत प्राप्त गरि कास्यपदक प्राप्त गरेको छ । हाल भैरहवामा पहुच कार्यालय स्थापना गरेको सहकारीले निकट भविष्यमा मणिग्राम ,मंगलापुर , पश्चिम अमवामा समेत पहुच कार्यालय स्थापना गर्ने निर्णय गरेको छ ।

सस्थाकी कोशाध्यक्ष सरु रानाको स्वागत मन्तब्यबाट शुरु भएको सो प्रतियोगिताको संचालन सस्थाकि सचीव अन्जु जैसी, कोषाध्यक्ष सरु राना, सिस्टर्स क्लब संयोजक केश कुमरी लुइँटेल र व्यवथापक रन बहादुर थापाले क्रमैसंग गर्नुभएको थियो ।