विश्व फुटबल वरियतामा नेपालको स्थान ६ स्थान तल खस्क्यो

प्रकाशित मिति:

काठमाडौं- विश्व फुटबलको सर्वोच्च निकाय फिफाले जारी गरेको नयाँ वरियतामा नेपालको स्थान निकै तल खस्केको छ । नेपाल छ स्थान तल झर्दै विश्वमा १ सय ६७ औं स्थानमा पुगेको हो ।विश्वकप छनोट अन्तर्गतका खेलमा लगातार हार ब्यहोरेको नेपाल नयाँ वरियता स्थान खस्केको हो । यसअघि एक सय ६१ औं स्थानमा रहेको नेपाल अब एक सय ६७ औं स्थानमा पुगेको छ ।विश्वकप छनोट अन्तर्गत अष्टे«लिया र जोर्डनसँग पराजय भोगेसँगै नेपालको वरियता खस्किएको हो । दक्षिण एसियामा भारत शीर्ष स्थानमा रहँदा माल्दिभ्स दोस्रो स्थानमा छ ।

भारत दुई स्थान तल झरेको छ भने माल्दिभ्स एक स्थान तल झर्दै एक सय ५४ औं स्थानमा छ । बंगलादेश तीन स्थान सुधार गर्दै एक सय ८४ औं स्थानमा छ ।भूटान चार स्थान तल झर्दै एक सय ८९ औ स्थान, पाकिस्तान दुई स्थान सुधार गर्दै दुई सय एक औ स्थान र श्रीलंका एक स्थान तल झर्दै दुई सय तीन औ स्थानमा छ । शीर्ष स्थानमा बेल्जियम यथावत् रहँदा फ्रान्स दोस्रो ब्राजिल तेस्रो तथा इङ्ल्याण्ड चौथो तथा उरुग्वे पाँचौं स्थानमा छ