काँग्रेसको आगामी मार्ग

प्रकाशित मिति:

प्रकाश चन्द्र भट्टराई
महामानव वि.पी कोइरालाले प्रतिपादित गरेको प्रजातान्त्रिक समाजबाद मा आधारित रहि राष्ट्र«को लामो इतिहास बोकेको पार्टी नेपाली कांग्रेसले ७० बर्षको जीवन यात्रा पूूरा गर्दा नगर्दै पनि नेपाल को हरेक स्थितिको प्रतिविम्वित गर्दछ ।
पछिल्लो कालखण्डमा देशमा प्रयोगशालावादी चिन्तनबाट सिर्जित भूरा राजनीतिक पार्टीहरु जो आफ्नो अस्थित्व बचाउनकै लागि आरोप प्रत्यारोपको राजनीतिमा तल्लिन छन् । तिनै पार्टी या तिन कै झुण्डबाट बिभिन्न खालका दोषहरु जस्तै सनातन प्रवृति,अराष्ट्रबादी,सत्ताको मो्हित जस्ता आरोप बाट नेपाली जनता सामु खलनायक सावित गराउने चक्रव्यूहु मा फसाइ रहेका छन । जुन आरोपलाइ सहि सावित गराउनकै लागि कुनै पार्टी सिद्धान्त विचारको आडमा कलम चलाउने र लेखक उपाधि प्राप्त व्याक्तित्वहरुको धरातलीय अध्ययन हो वा त प्रतिशोधात्मक लेखाइ जस्ले अस्तिरता पैदा गरेको छ । जस कारण जुन नागरिक सामाजिक अध्ययन र इतिहासको जानकारी बाट बञ्चित छन् ति नेपाली नागरिकको ब्रेन स्ट्रोमिङ्ग बनाइ राखेको छ ।
एकातर्फ निरंकुश जनबादी सिद्धान्त बोक्ने देश अर्को तर्फ सर्वसत्ता र विस्तारबादमा विश्वास राख्नेको बिचमा रहेर पनि नेपाललाइ एक सार्वभौम,स्वतन्त्र र लोकतन्त्रवादी देशको रुपमा स्थापित गराउन विभिन्न कुटनीति चतुराइका साथ अग्रसर रहने समाजवादी नेता वि.पी कोइराला र उनकै सैद्धान्तिक समाजवाद मा इन्किंत गर्ने पार्टी प्रति यसरी प्रश्न जन्मनु आपत्तिजनक कुरा हो ।
नेपालका हरेक राजनैतिक,आर्थिक तथा ऐतिहासिक जीवन रेखाको सिर्जना नेपाली काँग्रेसबाट सिर्जित हुँदा हुँदै पनि, देश र जनता लाई आफनो मुठिमा राख्न चाहने तत्वबाट अलग बनाएर बिकाश र शासन पद्धतिलाई वनाउने पार्टी हो । तर पनि एकल तथा साझेदारी रुपमा निती अनुरुप व्यबाहारलाई परिमार्जित गर्न नसक्दा पछिल्लो समयमा अपेक्षित ,सोचनिय जनमत प्राप्त गर्न नसकेको चाँहि यर्थात हो ।
राष्ट्रियतालाई मात्र भूगोलको रुपमा व्याख्या गर्ने केही कम्यूनिष्ट शव्दावली छ तर त्यो सँग काँग्रेस असहमति छ ,किनकी राष्ट्रियताको व्याख्यानमा जनताको एकता,सामूहिक जनसमस्या र समाधानको प्रयत्नको आधारशिला प्रमूख हूनुपर्छ ,जस्मा राष्ट्रियता र लोकतन्त्रलाई विभाजित गरेर व्याख्या गर्नू मूर्खता हुन्छ । तर मूलुकलाई विज्ञता ठानेर राजनीति गर्ने पार्टी या समूह सँगको सहयात्रा सम्भव छैन । तर राष्टियता र प्रजातन्त्रलाई आहुती दिएर रष्ट्रियताको भ्रम यूक्त नारा लगाउने सँग सहयात्रीको रुपमा ग¥यो न यो लोकतन्त्रको सिद्धान्त भित्र रहन्छ न त यो सार्थक नै थियो ।त्यो नै काँग्रेस को लागि आत्मग्लानी हो ।
राष्ट्रियता,राष्ट्रिय एकता,जनताको समस्या र समाधानको आधारशिला,कर्तव्यको समालोचकता,आर्थिक विकाश र समृद्धि,स्वभिमानी नेपाली सँगै समाजवाद को गन्तव्य , धर्म र आध्यात्मिक चिन्तन संस्कार र संस्कृती ,तानाशाह कम्युूनिष्टहरुको जनबादी व्याख्यानसँगै राज्य सञ्चालनको प्रवृति,संविधानको उल्लासमय निति निर्माण र कार्यन्वयन पद्धति राष्ट्र र राष्ट्रिय संकट प्रजातन्त्रवादी व्याक्ति,समूह र पार्टीको बर्तमान कर्तव्यको बारेमा नितिगत व्याख्यान र कार्यन्वयनमा जानु अपरिहार्य थियो । उल्लेखित आधारहरुमा रहेर नशा नशामा प्रजातन्त्र र समाजवादको जनताको विचार वहाक पनि कांग्रेस दोस्रो दर्जामा उभिनु बडो दूखित कुरा हो । यस्को मूख्य ४ कारणहरु छन् ।
१ सिद्दान्तको व्याख्या र व्यबहार
नेपालका नागरिकहरु नेपाली काँग्रेस को सिद्दान्त वा विश्वास बाटै विचलित भएको चाँही होइन,विचलित हुन खोजेको हो भने नेतृत्वको व्यावहारबाट हो ।आज भन्दा स्थापना काल तर्फ छिमेकी र अन्तर शासन पद्दतीसँग बर्तमान भन्दा जटिल प्रकृतीका क्रियाकलापसँग फेस गर्नूपर्दथ्यो । राजा राणा सँग कहिले घाटि जोडेको त कहिले पैठेजोरी खेलेको व्यवहार गर्नु काँग्रेसको आफ्नै तागत थियो । तर ति कुसोंच र क्रियाकलापलाइ एक कुटिल र तार्किक जवाफ बाट सिथिल र लाचार बनाइथ्यो । नेपाल लाइ भारतले एक आफ्नो प्रान्तको रुपमा विकाश गर्ने छलफलको रुपमा आइरहन्थ्यो , तर ति सबै बिषय लाइ बि.पी ले एक कुटिल र तार्किक जबाफ ले तेर्सादिन्थे । सुन्ने वा पढ्ने पनि गरिन्छ नेपाललाइ भारतको एक प्रान्तको रुपमा स्थापित गर्ने प्रस्थावमा वि पी ले “नेपाल लाइ भारतमा गाभेर, एक छुट्टै प्रान्तको रुपमा स्थापित गर्नू कुनै ठूलो कुरा होइन , तर त्यो नयाँ बन्ने प्रान्तको नेता वि पि कोइराला भारत देशको पनि प्रधानमन्त्रि पनि बन्न सक्छ । ”कुटिल जबाफ ले भारत तर्सियको इतिहास भारतीय सञ्चार रेकर्ड हरुमा सुन्न सकिन्छ ।आज काँगे्रसले त्यो व्याबहार र कुटिलता अबलम्बन गर्न सकेको छैन । वि पि को नाम र काँग्रेसको इतिहासले मात्र काँग्रेस जोगाउन गाह्रो छ , पार्टीले सधै इतिहास आडमा स्थायित्वको सोंच राख्नु अहिलेको नेतृत्वको कमजोरी हो ।
युग परिबर्तन भएको छ ,मुखिया बा को छोरा हो भनेर आचरण र व्यबहार नबुिझ छोरी दिने चलन गइसक्यो तर पनि काँग्रेस भित्रको नयाँ व्याबहार सिर्जना गर्ने सुरुवात भएन , वास्तवमा सिद्दान्त जस्तै नेतृत्वको चिन्तन व्यावहारमा पनि सुढृढ गर्न सकियो भने साम्यबाद र जनबादको नारा लिएर बाबाको क्रिया बसेको क्रियापुत्र लाइ बम र वन्दुकले तर्साउने,शिव र विष्णु स्त्रोत्तम लेखियको भक्ति भजनका पुस्तकहरु जलाउने मन्दिरमा पवित्र भक्तिभाव राख्ने पूजारी माथि बुट बजार्ने मन्दिर फुटाउने तर सत्ता प्राप्त पछि महायज्ञ,अनुस्ठान र शिलन्यासको लागि अष्टदल र चतुस्कोण बनायर पूजा आजा गर्ने सिद्दान्त विहिन राजनीतिक शक्तिको पछाडी नेपाली जनताको दौड धुप रहला । कदाचित हुन सक्दैन मात्र काँग्रेस ले आफनो सिद्दान्तसँगै आधूनिक व्यावहारको अबलम्बन गर्न सक्नु पर्दछ ।
२ गूटको नाममा गिरोह र प्रभाव
मूलत काँग्रेस बहुस्वतन्त्र बिचारको आयामिक पार्टी हो पार्टीको लक्ष्य प्राप्तिका लागि बहु विचार उजाकृत हुनु आवश्यक छ र त्यो स्वभाविक पििन हो फेरी प्रजातन्त्रमा उद्धेश्य फरक नपर्ने गरी आफना विचारलाइ झुण्डाउन नपाउने पनि होइन । हिजोका दिनको विश्लेषण गर्दा पनि आफ्ना राजनीतिक यात्रा सुनिश्चित गर्न समय परिस्थिती र मूद्दाको आधार मा द्दवन्दात्मक विचार रहन्थे र रहनु पनि ति सबै अन्तर विचार हरु पनि गुटकै आधार मा सिर्जना हुन्थे तर ति सबै गुट द्धन्द र विचारहरु पार्टी भित्र मात्र सिमित रहन्थे जसबाट पार्टीको विधि ,विधान ,र मर्यादामा आँच आउने प्रकृतिका हुदैनथे । अझ देशको शासन सत्ता कुन प्रकृतिले सञ्चालन गर्दा राजनीतिक स्थिरता ,राष्ट्र समृदिको दु्रत मार्ग र स्वतन्त्र न्यायिक प्रणालीमा पुग्न सकिन्छ भन्ने एउटा छुट्टै र नविनता निस्कन सघाउ पुग्दथ्यो । तर अहिले काँग्रेस भित्र गुठ मात्रमा सिमित भएन यहाँ त गुटको नाम गिरोह र गुण्डा गर्दिको सुरुवात भयो । गूण्डा र गिरोहले देशको कानुन मान्दैन ऐैन निति शासन प्रणालीमा खल्ली वल्ली ल्याउँछ , तेस्तै पार्टी भित्रको गिरोहले विधि विधान मान्दैन र कार्यान्वयनको विषय माथि पनि इश्र्या उत्पन्न गराउँछ । काँग्रेस भित्र मात्र गुट होइन यहाँ एउटा गिरोहको विकाश भएको छ त्यसको संरक्षण नेतृत्व बाट भएको छ त्यसको अन्त्य आबश्यक छ ।
हिजो वि पि को पालामा पनि गुट थिए ,गणेशमान,सूवर्ण शमसेर र किसून जी पनि राज्य सत्ता सञ्चालन र पार्टी सूढृढीकरणमा फरक फरक विचार सम्प्रेषण गर्नुहून्थो आफ्ना आफना विचार मा समर्थन जुटाउन वडो दौड धूप चल्थ्यो त्यो सबै पार्टी भित्र थिए ,पहिले व्याक्तिमा भन्दा विचारमा गुट हुन्थ्यो तर अहिले व्याक्तिमा ,फल स्वरुप आज त्यो एउटा लम्पसारवादको रुपमा विकाश हुँदै गयो जस्ले पार्टी सिथिल हुँदैछ गुट भनेको लोकतन्त्र हो ,तर गुटबाट गुण्डा गर्दी वा गिरोह बन्नु निरङ्ककुशता हो ।
एउटै विचार र शक्तिमा सधै एकता हुन्छ भन्ने होइन गान्धी जी का कटु समर्थक नेता सुभासचन्द्र बोस पछि कटु विरोधी बने । धर्म पेशा र अधिकारको निम्ति विभिन्न विरोध आवाज रहन सक्छन् ति सबै पार्टी को निम्ति हानिकारक हुन भन्ने होइन स्वाधिनताको विषयमा,क्षेत्र अधिकारको विषयमा विचारको मन्थन रहनु आबश्यक रहन्छ , देश अहिले नविन र समृद्धीको लागि द्रुत मार्ग खोजिरहेछ । संघ ,प्रदेश ,जिल्ला र स्थानीय तहको क्षेत्रधिकार कति ? राज्यसञ्चालनको नक्साङ्कन कसरी गर्ने? आदि विषय र शिर्षकमा छलफल गरेर निष्कर्ष निकालृेर राज्य रुपान्त्रित गर्नै बेृला हो । तर पार्टी भन्दा फरक फरक प्रकृतिको अहमवाद र पदवाद बाट ग्रसित भयो । भातृ तथा भगेनी संघ संस्था तथा संघ केन्द्र ,प्रदेश ,जिल्ला तथा स्थानीय तह सम्म आफु बमोजिमको नेतृत्व कसरी ल्याउने भन्ने विषयमै अडकिरहेको छ । साथै देउवा ,पौडेल र सिटौला विच गणितिय जोड घटाउत यथावत नै छ अर्को कोइरालना ,निधि र सिंह बिच पनि प्रतिशोधात्मक यो सिद्धान्तको लागि होइन यो ।
आ आफनै खाले गुट र उपगुटलाई सांङ्गठनिक सुद्रृढिकरणमा लगाइयो भने संगठनमा नयाँ आयाम दिन सकिन्छ, ततपश्यात शक्ति सन्तुलन र प्रजातन्त्रको आधारभुत सिद्धान्तमा रहि लोकतान्त्रिक अभ्यास मजबुद बनाउन सकिन्छ ।
३ बैचारिकता को प्रयास र प्रयोग
पछिल्लो समयमा नेपाली काँंगे्रस एउटा पार्टी अथवा फोरम हो कि व्याक्तिगत गृहत्व प्रष्टाउन बडो क्रिटिकल बनेको छ । पूर्ण लोकतान्त्रिक मार्ग हुदै समाजवाद को अन्तिम विन्दु सम्मको यात्रा तय गरेको पार्टी,लोकतन्त्रमा विश्वास राख्ने जनताको नेतृत्व पनि गर्ने पार्टी तर पार्टीको चिन्तन ,नबिन एवं दु्रत मार्गको खोजी र शासन सत्ताको कार्यसम्पादन तर्फ भने एकल निणर््ायलाई नै सर्बोपरी ठान्ने यि द्धवय चरित्रबाट पार्टीलाई ससंकित बनाएको छ । अबको युगमा हिजको शैली र नक्साङ्कन मा साँङ्गठनिक दौड सम्भब छैन देशको आर्थिक स्थिति ,जनताको चेतना स्तर ,सांस्कृतिक विवाद, देशको नविन संरचना र कम्युनिस्टको भ्रमित राजनीतिको कारण पार्टीमा रेड सिग्नल आउँदै छ । अब पार्टीले मोडिफाइ म्याप तय गरेर अगाडि बढ्रने समय हो ।यसको लागि पार्टी भित्र घनिभूत छलफल आबश्यक छ र अब जनता ले हरेक सवालको कारण सहित जबाफ चाहान्छन् । पार्टी प्रति भा्रमक सुचना सम्प्रेसित भएकाले अब धार्मिक ,आर्थिक ,सामाजिक ,शैक्षिक र छुट्टै सामुहिक नीति बनाइ काँग्रेसका नेता देखि कार्यकर्ता सम्म को जबाफले एउटै दिशा इङ्गित गरेको हुनुपर्दछ । अहिले काँग्रेसका आधुनिक समाजसँग समायोजन हून सक्ने खालका नितिको निमार्ण गर्ने साहसिक र बैचारिक नेताहरु नीति निर्माणको ओहोदा भन्दा अलग छन् त्यो क्रियाकलाप को अन्त्य गराई एउटा अभ्यासशिल नीतिको तय गर्ने हो भने “ के उखान र टुक्का जोडेर समाजमा भ्रमित राजनीति गर्ने ,राजनीतिलाई समृद्धिको मार्ग नभइ पेशाको रुपमा व्याख्या गर्ने ,देखेको र सुनेकै भरमा विकाशका एजेण्डा बनाउने , हरेकको अनविज्ञता प्रकट गर्ने , हेन्सम् र व्यूटिफूल भित्रमात्र राजनीतिलाई सिमाकृत गर्न खोज्ने ,सिद्धान्तलाइ भन्दा हुरी र अबसरको राजनीतिलाई पछ्याउने पार्टीलाई विश्वास गरेर जनता फेरी देशमा असहजहता निम्ताउलान् ?’’ यो स्पष्ट छ , काँग्रेसले विचारको मन्थन गरेर अगाडि बढ्नु पर्छ एकल राजनीतिलाई उन्मूक्ति दिएर उत्तम विचार लाई प्रसय दिनु पर्दछ काँग्रेस प्रति जनचासो कहिले सेलाउने छैन ।
४ मर्यादित विधानको निर्माण र अनुसरण

देशको शासन सत्तालाई शुसासित बनाउनका लागि ऐन नियम र सहि कार्यन्वयन भए जस्तै पार्टीलाई सहि गन्तव्यमा पु¥याउन पार्टीको विधानलाई मर्यादित बनाउन आबश्यक रहन्छ । अहिले काँग्रेस ले अबलम्वन गरेको विधानलाई समय क्रम अनुरुप परिमार्जित गर्न आवश्यक छ ।
क) अहमवादी साेंचको विकाश र विसर्जन
खान नपाएको पेटमा अन्न जाओस्, हाँस्न नपाएको ओठमा हाँसो आओस्,रोगीले औषधी मूलो पाओस्,केटा केटी पढ्न पाउन भनेर नै हामी राजनीतिमा लागेका हौं ,मन्त्री हौंला ,ठूला ठूला कुर्सीमा वसौला सबैको नमस्कार खाँउला भनेर राजनीतिमा लागेका हैनौं ’’महानसोंच भएका वि पि कोइराला ले जन्माएको पार्टीका नेताले एक पटक आफ्नो छातीमा हात राखेर सोंच्नु पर्ने वेला आएको छ ।के हामी साँच्चिकै वि पि को समाजवाद तर्फ उन्मुख छौ ?
पहाडको टाकुरामा फाटेको टोपी लगाएका बृद्ध बाबा र कम्मर मा नाम्लो बाँधेर घाँस काट्ने आमाले जोगाएको पार्टी हो , लोकतन्त्रको नेतृत्व गर्ने हरेक नेताको आचरण,क्रियाकलाप गाँउको सामान्य जनताले निगरानी गरिरहेको हून्छ के यही जीवन शैली बाट राष्ट्रियता र लोकतन्त्रको सुरक्षा गर्न सक्छौ ?काँग्रेस सबै दलको पार्टी हो र जनता को भरोसा वादी पनि काँग्रेसले जति छिटो र छरितो देशको समृद्धीको चित्रण गर्न सक्दछ अरुबाट सम्भव छैन । त्यसैले काँग्रेस को नेतृत्व गर्ने नेताको जीवन शैली जनता कै सरह हूनू आबश्यक छ । नेपालका अन्य क्रियाशिल राजनैतिक शक्तिहरुलाई पनि संस्कार सिकाउनु र समृद्धि नेपालको लागि डोयाउनु छ । तथापि पार्टीको विदान मा उल्लेखित कुराहरु छुटेका हुँदा यि अहमवादी बिचार लाइ विर्सजन गरेर आगामी दिन मा नेतृत्वको जीवन शैलीमा परिमार्जित गर्ने कुरा बिदान मै उल्लेख गराई कार्यन्वयन गर्नु पर्दछ ।
ख) आधार बिहिन मूल्याङ्ककन पद्धति र यसको परिबर्तन
नेपाली काँग्रेसको विधान अनुरुप कार्यकर्ताको मूल्यांङ्ककन पद्धति आधार बिहिन छ । यसैले दलाल ,गुण्डा ,चम्चा र नेतृत्वका झूण्डहरु मौलाउने यथेष्ठ ठाँउ विधानले दिएको छ । यस कारण संगठन सुदृढिकरण भन्दा पनि सम्बन्ध सुदृढिकरणको लागि मान्छे बढि सक्रिय रह्यो । स्थानीय जनताको हरेक दुख सुखमा सहभागी नेता भन्दा नेतृत्वको दलाल र चाप्लुसीमा निर्भर रहनेले विभिन्न अबसरहरु प्राप्त गरिरहेका छन । यसैले कर्मनिष्ठ कार्यकर्तामा हिनताबोध सिर्जना भएको छ। कतिपय काँगे्रसी नेतृत्व जो पार्टीको केन्द्रिय नेताको रुपमा छन् ति व्याक्तिहरु गुट आरक्षण र चाप्लुसी कै कारण उनीहरु सदाबहार नेताको रुपमा स्थापित हुने कारण ग्रास लेभलको राजनीति र संगठनमा मतलव राख्दैनन, र पनि यिनिहरुलाई विधानले सधै सुरक्षित राखेको छ । यसलाइ सक्दो छिटो शंसोधन गरेर केन्द्रिय सभापती देखि क्रियाशिल सदस्य सम्मको हैसियत समान बनाइनु आबश्यक छ । जस्को लागि केन्द्रिय सदस्य ,प्रतिनिधि सभा सदस्य , प्रदेश सभा सदस्य र केन्द्रिय पदाधिकारी पनि क्ष्ेत्रिय प्रतिनिधि, महाधिबेशन प्रतिनिधि ,महासमिति सदस्यमा निर्वाचित भएर मात्रै केन्द्रिय महाधिवेशनमा सहभागी हुन पाउने व्यवस्था बिधानमा उल्लेख गराउनूु पर्दछ । जस कारण जो स्थानीय नेता मा जोश पैदा हुन सक्दछ ।
केन्द्रिय महाअधिवेशनको लागि प्रत्येक इकाइ ,स्थानीय तह , जिल्ला र प्रदेशबबाट यूवा आरक्षण छुट्याउनु पर्दछ यस बाट यूवको प्रबेश द्धार खुल्ने सम्भाबना हुन्छ ,राजनीति कुनै हद वा उमेरसम्म गर्ने कुरा हो पार्टीले पनि उमेर हद लाई मान्यता दिन सक्यो भने पार्टी भित्र एउटा नयाँ विचार तरङ्गित हुन्छ । अन्तत काँग्रेस अब नयाँ सोच नयाँ विचार र नयाँ आयामका साथ अगाडि बढ्नु आजको अपरिहार्यता हो ।
(लेखक नेपाली  कांग्रेस अर्घाखाँचीका युवा नेता हुन् )

थप समाचार