आबुधाबी टिमबाट पारसले खेल्ने भए टी–१० लिग

प्रकाशित मिति:

काठमाडौं- नेपाली क्रिकेट टोलीका निवर्तमान कप्तान पारस खड्काले पहिलो पटक अन्तर्राष्ट्रिय लिग खेल्ने भएका छन् ।विहीबार राति आबुधाबी टिमले पारस खड्कालाई टी–१० लिगका लागि १० हजार अमेरिकी डलरमा आफ्नो टोलीमा आवद्ध गरेको हो । टोलीमा आवद्ध भएसँगै पारसले दोस्रो संस्करणको टी–१० लिग खेल्नेछन् । आबुधावी टोलीको कप्तानमा इङ्ल्यान्डका मोइन अलि रहेका छन्।

पारस नेपालका अलराउण्डर खेलाडी हुन् । खड्काले टि–२० र एकदिवसीय क्रिकेटमा शतक बनाएका छन् । नेपाली खेलाडीहरुमा खड्काले टी–२० मा सर्वाधिक रन बनाएका छन् ।टोलीमा आवद्ध भएसँगै पारस नेपालबाट विदेशी लिग खेल्ने तेस्रो खेलाडी बनेका छन् । यसअघि लेग स्पिनर सन्दीप लामिछाने र तीव्र गतिका बलर सोमपाल कामीले विदेशी लिग खेलिसकेका छन् । टी(१० लिगको पहिलो संस्करणमा नेपाली खेलाडी सन्दीप सामेल थिए । सन्दीप यो संस्करणमा कर्नाटक टस्कबाट खेल्नेछन् ।