एघारौं पुस्तकालय दिवश मनाईयो

प्रकाशित मिति:

बुटवल, १७ भाद्र । एघारौं पुस्तकालय दिवशको अवसर पारेर बुटवल ४ स्थित नवजागृती पुस्तकालयमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमका सहभागिहरुले बर्तमान अवस्थामा पुस्तकालयको महत्व घट्दै गैरहेकोमा चिन्ता ब्यक्त गर्दै अव युग सुहाउदो आधुनिक तथा डिजिटल पुस्तकालय आवश्यक रहेको बताएका थिए । समयको माग र पाठकको रुचि अनुसार हालका पुस्तकालयलाई क्रमशः परिष्कृत र परिमार्जित गर्दै लैजानु पर्ने कुरामा उनिहरुको जोड रहेको थियो ।
श्री नवजागृती पुस्तकालयको आयोजना तथा बिश्व हिन्दु महासंघ रुपन्देही, नवजागृती सामाजिक भवन ट्रष्ट तथा सिद्धबावा दुर्गा भवानी शिवकुमारी शैंजु बृद्धाश्रमको सहयोगमा आयोजित सो कार्यक्रममा बोल्ने बक्ताहरुले युग परिवर्तनसँगै बिशेष प्रकारको ई.लाईब्रेरीको आवश्यक्ता औंल्याएका थिए । सरकारी तथा गैरसरकारी क्षेत्रबाट पाठकलाई आकर्षण गर्ने कुनै कार्यक्रम नभएकोमा गुनासो ब्यक्त गर्दै अव बिगतमा सामुदायिक अवधारणामा खुलेका परम्परागत पुस्तकालयलाई नै बिकास गर्दै लैजानु पर्ने बताएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि बुटवल बहुमुखी क्याम्पसका प्राध्यापक डा.हिरण्यलाल ज्ञवाली, आयोजक संस्थाका अध्यक्ष महेश्वर प्रसाद श्रेष्ठ, बुटवलका पुर्व नगरप्रमुख पुनाराम पोखरेल, डा. बाबुराम ज्ञवाली, अर्जुनमान सैजु, अनुपमान सैंजु, जोगलाल बि.क. रामचन्द्र भुसाल उर्मिला श्रेष्ठ लगाएतले पूस्तकालयका बारेमा आआफ्नो धारणा ब्यक्त गरेका थिए ।
सो अवसरमा शिक्षा क्षेत्र, पुस्तकालय क्षेत्र लगाएत समाजका बिभिन्न क्षेत्रमा आर्थिक, भौतिक, नैतिक सहयोग पुराएका बिभिन्न संघसंस्था तथा महानुभावहरुलाई सम्मान गरिएको थियो । २०२३ सालमा स्थापित यो पुस्तकालयमा १२ हजार भन्दा बढी विभिन्न किसिमका पुस्तकालयहरु रहेका छन् ।