प्राकृतिक सन्तुलन राख्न महत्त्वपूर्ण छन् सर्प, भ्यागुता र छेपारा

प्रकाशित मिति:

चितवन अन्नपूर्ण भूपरिधि क्षेत्रमा सर्प, भ्यागुता र छेपाराको बासस्थानका सर्वेक्षण भइरहेको छ ।सरिसर्प वर्गको मझौला तथा साना जीवजन्तुमा पर्ने सर्प, भ्यागुता र छेपाराको वास्तविक अवस्थिति पत्ता लगाउने विशेष अध्ययन गर्ने आधार तयार पार्न सर्वेक्षण सुरु गरिएको राष्ट्रिय प्रकृति संरक्षण कोषले जनाएको छ ।

कोषको अगुवाइमा भइरहेको सर्वेक्षणले दिने आधारकै भरमा सर्प, भ्यागुता र छेपाराको वास्तविक सङ्ख्या पत्ता लगाउन अर्को अध्ययन हुने सर्वेक्षण संयोजक सन्तोष भट्टराईले जानकारी दिए ।उनका अनुसार जसरी यी क्षेत्रमा विचरण गर्ने बाघ, गैँडा, हात्तीको महत्त्व छ, त्यसरी नै साना सरिसर्पको अवस्थिति पनि महत्त्वपूर्ण छ । सरिसर्प वर्ग केही समय पानीमा र केही समय जमिनमा बस्छ । त्यसैले जमिन र पानीको सन्तुलनमा थोरै पनि गडबड भएको खण्डमा यिनको जीवनचक्रमा नै असर पर्ने उनी बताउँछन् । यो समाचार आजको गोरखापत्र दैनिकमा छ।