भाडा बढाएको विरोधमा शुरु भएको चिलीको आन्दोलन हिंसात्मक

८ कार्तिक २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया


एजेन्सी –एक सातादेखि विरोध प्रदर्शन भइरहेको चिलीको राजधानी स्यान्टियागोको अवस्था अनुगमन गर्नका लागि संयुक्त राष्ट्रसंघले मानवअधिकार विज्ञहरूको एउटा टोली पठाउने भएको छ ।१८ मानिसहरूको ज्यान गएको दाबी गरिएको उक्त प्रदर्शनका क्रममा प्रदर्शनकारी र प्रहरीबीच पटकपटक झडप भएका छन् । राजधानी स्यान्टीयागोसहित चिलीका थुप्रै सहरमा गत शुक्रवारदेखि असमानता र मुल्यवृद्धिविरुद्ध विरोध प्रदर्शनहरू भइरहेका छन् ।

संयुक्त राष्ट्रसंघकी मानव अधिकार प्रमुख तथा चिलीकी पूर्व राष्ट्रपति मिसेल ब्यासलेटले उक्त टोलीले मानवअधिकार हननसम्बन्धी आरोपहरूको परीक्षण गर्ने बताइन् ।हिंसात्मक प्रदर्शनहरू चर्किएपछि लगाउन सुरु गरेको रात्रिकालीन सैन्य कर्फ्यु आज छैठौं रातमा प्रवेश गरेको छ।राजधानी स्यान्टियागोमा दशौं हजार मानिसहरू सहभागी भएको बिहीवारको प्रदर्शन भने शान्तिपूर्ण रहेको बीबीसीले जनाएको छ ।तर सात सय भन्दा बढी मानिसहरूमाथि भने आगजनी, लुटपाटलगायतका अभियोग लगाइएको छ । सुरक्षा फौजले गरेका भनिएका हिंसाबारे अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन् ।मेट्रोरेलमा बढाइएको भाडा दरबाट उठेको आक्रोश अहिले सामाजिक र आर्थिक असमानताका मुद्दा समेत उठाएर आमहड्तालमा परिणत भएको छ । राष्ट्रपति सेबास्टियन पिनेराले आक्रोश शान्त पार्न सामाजिक सुधारहरू गर्ने घोषणा गरे तर त्यो पर्याप्त नभएको र्‍यालीका सहभागीहरूले बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • गल्याङ जेसिजद्वारा ७५ जना वृद्धवृद्धालाई सम्मान ।
  • सुमन गुरुङको उपचारका लागि आर्थिक सहयोग !
  • आप्रवासी परिवार हक हित मञ्च पश्चिम नवलपरासी र ईन्द्रेणी समाजिक…
  • सामुदायिक वन उपभोक्ता महासंघ स्थानिय महासंघ सरावल पश्चिम नवलपरासीको बैठक…
  • रूवाएर “कहिलै आँखा नभिजाउने” भन्छिउ – गजल
  • राप्तीमा ८ सहकारीले अनुदानको मल विक्रि वितरण गर्न पाउने
  • कांग्रेस वरिष्ठ नेता पौडेल पक्राउ
  • नेकपा सचिवालय बैठक २० मिनेट बसेर सकियो
  • विजनेश ईन्कुवेशन कार्यक्रमको कार्यालय उद्घाटन उद्यमशिलता बिकासमा योगदान पुग्ने विश्वास
  • रोटरी क्लव अफ बुटवलको २८ औं चार्टड नाइट सामाजिक क्षेत्रमा…