भारतबाट उद्धार गरिएको किशोरीलाई परिवारको जिम्मा

८ कार्तिक २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया


सप्तरी– एक नेपाली किशोरीलाई भारतबाट उद्धार गरी बिहीबार परिवारको जिम्मा लगाइएको छ । पाँच वर्षदेखि हराइरहेकी सप्तरीको बलान बिहुल गाउँपालिका–३ की २० वर्षीया र्ङ्किुकुमारी भनिने रञ्जनकुमारी पासवानलाई परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।घरबाट बेपत्ता पासवान २०७४ साल वैशाख १० गतेदेखि भारत विहारको अल्पबास गृह पूर्णियाको संरक्षणमा आश्रित थिइन् । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीका अनुसार सप्तरी प्रहरीले भारत विहारको पूर्णियाबाट पासवानलाई नेपाल ल्याई उनकी आमा घुरनीदेवीको जिम्मा लगाएको हो ।उद्धारका लागि जिल्ला प्रहरी कार्यालय सप्तरीबाट प्रहरी नायब निरीक्षक चन्द्रबहादुर केरुङको नेतृत्वमा प्रहरी सहायक निरीक्षक सामवती राजवंशी गएका थिए ।अल्पबास गृह पूर्णियाले भारतीय राजदूतावासमार्फत प्रहरी प्रधान कार्यालय तथा अपराध अनुसन्धान विभाग, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयलाई किशोरीको परिवारको पहिचान गरी उद्धार कार्यमा सहयोग गर्न अनुरोध गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया